प्रवास

डोनाल्ड ट्रम्पले चाले नेपालीहरुलाई प्रभाव पार्ने कडा कदम !

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा आएलगत्तै त्यहाँको सरकारले नेपालीहरुलाई प्रभावित हुने खालको नयाँ विद्येयक संसदमा पेस गरेको छ । ट्रम्प नेतृत्वको सरकारले अमेरिकी संसदमा एच–१ बी भिसासम्बन्धी नयाँ विद्येयक संसदमा पेस गरेको हो ।

अमेरिकी सरकारले पेस गरेको यो विद्येयक संसदमा पास भएर नयाँ कानुन बनेमा सहज ढंगले अमेरिका प्रवेश गरिरहेका नेपालीहरु प्रभावित हुनसक्ने सरोकारवाला पक्षले बताएका छन् ।

अमेरिकी सरकारले पेस गरेको यो विद्येयक पास भएर नयाँ कानुन निर्माण हुनासाथ वार्षिक १ लाख ३० हजार डलर बार्षिक कमाई हुनेले मात्र अमेरिकी भिसा प्राप्त गर्न सक्नेछन् । अमेरिकी सरकारको तथ्यांक १ लाख ३० हजार डलरभन्दा सहुलियत दरमा नेपालीहरुले यसअघि भिसा प्राप्त गर्दै आएका थिए ।

यसअघि त्यो सीमा ६० हजार डलरको हाराहारीमा थियो । ट्रम्प नेतृत्वको सरकारले ल्याएको यो विद्येयक पास भएर नयाँ कानुन बनेमा अब सहज ढंगले नेपालीहरुले भिसा पाउन सक्ने देखिदैन । सन् २०१० मा ९९१ नेपालीले यो भिसा पाएका थिए । त्यसयता हरेक वर्ष १ हजार बढीले पाएका छन् । २०१५ मा मात्र १२४४ नेपालीले यो भिसा पाएका थिए ।

अमेरिकी सरकारको यो प्रस्तावबाट अधिकांश भारतीयहरु समेत प्रभावित हुनसक्ने बताइएको छ ।