राजनीति

प्रधानमन्त्री दाहालले भने ‘आवश्यक परे वाईसियल पुनः ब्यूताउछौं’

पार्बती साउद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वाईसियललाई बिगतमा जस्तै गरी जाली फटाहालाई कारबाही गर्ने कार्यमा उत्रिन आफ्नै पार्टी माओबादी केन्द्रको भातृसंगठन वाईसियललाई आग्रह गरेका छन् ।

झण्डा र चुनाब चिन्ह क्रान्तिकारी भएपनि काम दक्षिणपन्थी भएको र उनीहरुको षढ्यन्त्र ७० बर्ष पुरानो संघर्षलाई उल्ट्याउन खेल खे ल्ने भूमिकामा भएकोले ठेगान लगाउन वाईसियललाई ब्यूझिन आग्रह गरेका छन् ।

काठमाण्डौमा वाईसियलले आयोजना गरेको एक कार्यक्रममा बोल्दै वाईसियललाई गैरफौजी संगठनको रुपमा रहेर काम गर्दा पार्टी बलियो भएको स्मरण गर्दै आवश्यक परे पुरानै ढाँचामा फर्किन पछि नपर्ने माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कथन छ ।

पहिलो संबिधानसभा निर्बाचन पश्चात वाईसियलसंग राज्य आतंकित भएर बिदेशी शक्तीहरुले समेत दबाब दिएपछि तत्कालीन नेकपा माओबादीले वाईसियल भंग गरेको थियो ।