राजनीति

डा.बाबुराम भट्टराईलाई देख्ने वित्तिक्कै जब यी आमा एक्कासि डाँको छोडेर रोइन…!

काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोज डा.बाबुराम भट्टराई सामाजिक सञ्जालमा लगातार अपडेट भइरहने नेपालका थोरै नेताहरुमा पर्दछन् । नेपालका निकै थोरै नेताहरु सामाजिक सञ्जालमा लगातार अप्डेट भइरन्छन्, तीमध्ये बाबुराम निकै अगाडि छन् । बाबुरामले पछिल्ला अपडेटहरुमा आफ्नो पार्टी नयाँ शक्तिका गतिविधिहरुदेखि आफ्ना दैनिक क्रियाकलापहरुलाई समेत सामाजिक सञ्जाल फेसबुक र ट्वीटर अकाउन्टमा अपडेट गर्ने गरेका छन् । जसका कारण उनका नीजि पेजमा समेत लाखौ भिजिटरहरु भेट्न सकिन्छ ।

सोही सिलसिलामा नेता भट्टराई भर्खरै एउटा कारुणिक र नेपाली समाजमा विद्यमान समस्यालाई प्रतिबिम्बित गर्ने खालको एउटा तस्वीर फेसबुक अकाउण्टमा अपडेट गरेका छन् । गत जेठ ७ गते नवलपरासीमा एउटा सवारी दुर्घटनामा परेर आफ्नो प्यारो पतिलाई गुमाएकी एक महिला सोही दुर्घटनामा परेर सख्त घाइते छोरीको काठमाण्डौको अति महंगो ग्रान्डी अस्पतालमा उपचार गराइरहेकी छन् ।

सवारी दुर्घटनामा परेर पति गुमाएको पीडा त उनीमा छँदैथ्यो, सोही दुर्घटनामा मुस्किलले बाँचेकी छोरीको उपचार खर्च जुटाउन नसकेर उनी निकै ठूलो पीडामा छट्पटाइरहेकी थिइन् । सोहीबेला पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई सो अस्पतालमा पुगेका छन् र उनलाई आश्वासन दिएको तस्वीरमा देख्न सकिन्छ, यद्यपि, भट्टाईले ती महिलाको नाम भने खुलाएका छैनन् । तर नेता भट्टराईले के आश्वासन दिए त्यो कुरा भने उनले आफ्नो फेसबुक अकाउण्टमा खुलाएका छैनन् । नेता भट्टराईलाई भेट्ने वित्तिक्कै ती महिला डाँको छोडेर रुन थालिन् ।

ग्रान्डी अस्पतालको रुम नं.८१०मा छट्पटाइरहेकी उनको तस्बीर फेसबुकमा अपडेट गर्दै नेता भट्टराईले पहुँचवालाहरुमाथि कडा ब्यंग्य प्रहार गरेका छन् । यो देशमा एकातिर राज्यको ढुकुटी रित्याई करोडौं रुपैयाँ लिएर उपचार गराउनेहरु बिग्बिगि रहेको र अर्कोतर्फ निमुखाहरुको यो अवस्था देखिरहनुपरेको बताउँदै राज्यकोष रित्याउनेहरुप्रति कडा आलोचना गरेका हुन् । आफ्नी प्रिय छोरीको उपचार खर्च व्यहोर्न नसकेर छट्पटारहेकी ती आमाको कारुणिक चित्कार सुनेर नेता भट्टराईले आफ्नो मनको भावना यसरी पोखेका छन्ः