राजनीति

सरकार र मोर्चाबीचको वर्ता निश्कर्षबिहीन, मोर्चाले मधेसमा सुरक्षानिकाय बाहेक सबै ठप्प पार्ने

सुर्यखबर संबाददाता,
काठमाण्डौ । मधेसी मोर्चा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बालुवाटारमा भएको वार्ता निश्कर्षबिहीन भएको छ । उक्त वार्तामा प्रधानमन्त्रीले संबिधानसंसोधनको प्रकृयासंगसंगै निर्बाचनको प्रकृयापनि अगाढी बढाउने बताएपछि मधेसी मोर्चा सम्बन्धबिच्छेद गर्नेगरी वार्ताबाट बाहिरिएको छ ।
प्रधानमन्त्री आजको बैठकमा अलि आक्रोसित भएर मधेसी मोर्चालाई चार प्रश्न राखेका थिए । चार प्रश्नको जवाफ लिएर पुनः वार्तामा आउन प्रधानमन्त्री दाहालले आग्रह गरेको रामसपाका नेता अशोक झाले सुर्यखबरलाई बताए ।

यस्तै बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधसी मोर्चाका नेताहरुलाई तपाईहरुको नियत चुनाब नगर्ने नै रहेछ हैन त ? भनेर प्रश्न गरेका थिए । बैठकमा संघीय समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले परिमार्जनसहित संबिधान संसोधन नभए कुनैहालतमा स्थानीय तहको निर्बाचन हुन नसक्ने बताएका थिए ।

नेता यादबले तीन दलहरु काँग्रेस, एमाले र माओबादी केन्द्र भित्रभित्र मिलेका र बाहिर मात्र झगडाको नाटक गरेका बताउदै संबिधान  संसोधनबिना चुनाव गर्छु भन्नु दिवा स्वप्नमात्र भएको दाबी गरे । अर्का नेता राजेन्द्र महतोले संबिधान संसोधनबिना चुनावको कल्पना नगर्न आग्रह गरेको बताईएको छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफूहरुको सहमतिबिना निर्बाचन गर्न सरकार लागि परेमा मधेसमा सुरक्षानिकाय बाहेक सबै ठप्प पार्ने चेतावनी दिदै, निर्बाचन कुनै हालतमा हुन नदिने दाबी गरे ।
संसदमा संसोधन प्रस्ताबलाई लाँदा फेल वा पास जे हुन्छ त्यसलाई मान्ने कि नमान्ने, पहिले भएको संबिधान संसोधनलाई मानेर चुनावमा जानेकि नजाने लगायतका चार प्रश्न मधेसी मोर्चाका नेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले राखेपछि मोर्चाका नेताहरु यसरी बिच्किएको बताईएको छ ।