विचार/ब्लग

एउटा बालक यसकारण एउटा कलंकित दुव्र्यसनी भएर निस्कन सक्छ, बेलैमा होस गरौं !

पार्बति साउद

रक्सी भन्ने बित्तिकै पिउने लत लागेका मानिसहरुलाई खुसि लाग्न सक्छ । तर बास्तबिकता अर्कै छ, रक्सीका कारण कयौं मानिसको अकालमा मृत्यु भएका घटनाहरु प्रशस्त छन् । रक्सी पिउनेबानीले मानिसको ज्यान गएको खबर तपाई हामीले पढेका छौ नै । कतिपय मानिसले रक्सीको नशामा घरपरिवारमा कलह, झगडा, कुटपिट जस्ता जघन्य अपराध गरेका पनि छन् । मानिस सीमा भन्दापनि माथी घिन लाग्दा कार्य गर्न पछि पर्दैन रक्सीको मातले ।

त्यही मानिस, जो रक्सी खाएर अचेत अवस्थामा गाली गलौज गर्दै हिडिरहेको हुन्छ, आाफ्नो परिवारको वातावरणमा नै नराम्रो पारिदिएको हुन्छ नशामा फसेर । यस्तै उस्को परिवारका सदस्यलाई तनाव त हुन्छ नै साथै समाजमा रहेका मानिसलाई समेत कलह सिर्जना गर्दछन् । त्यही मान्छे सित रक्सी, चुरोट, बिँडि, खैनी, सुर्ती, तमाखु, गाँजा, भाङ, धतुरो, चरेस लगायतका नसालु पदार्थ प्रयोग गर्न पैसा हुन्छ तर आफ्नो सन्तानलाई एउटा कपि र लेख्ने कलम किन्ने पैसा हुदैन । यस्ता नसालु पदार्थ प्रयोग गर्न ऊ धनी हुन्छ, उसंग प्रशस्त पैसा हुन्छ । तर आफ्नो बालबच्चालाई कापी कलम किन्नलाई ऊ सधैं गरिब हुन्छ ।

एउटै बुवा आमाबाट जन्मेका सन्तान त एकनासको विचारभाव हुदैन, समाजमा बसोबास गर्ने धरै मानिस एकनासको नहुनु स्वभाबिक नै हो । कोही मानिस आफ्ना सन्तानका लागि एक एक रुपियाँ जम्मा गर्छन्, जोगाउछन् भने कोही मानिस भएको सक्ने र कमाएको उडाउने प्रवृत्तिका हुन्छन् ।

नेपाली काँगेसका युवा नेता समेत रहेका स्वास्थ्यमन्त्री गगन कुमार थापाले, यस बिषयमा चासो राखेको समाचार पढ्न पाएको थिए, गर्नचैं गर्छन कि थर्दैनन् तर उनले देखाएको चासो देखेर खुसी लागेको थियो । सरकारले सार्बजनिक स्थानमा धुम्रपान गर्ने आफ्नो नीति लागू गर्न नसकेको अवस्थामा, किनबेचमा नै रोक लगाउन सकिन्छ कि सकिदैन त्यो त भविश्यले देखाउला । तर यस्ता नसालु पदार्थको सेवनले मानिसको अकालमा नै ज्यान जान्छ भन्ने सबैलाई जानकारी हुँदाहुँदै पनि प्राय मानिसले आफुमा लागेको कूलत प्रवृत्ति किन छोडदैनन्, त्यो पश्नचिन्ह खडा हुन्छ, ।

यस्ता पदार्थ प्रयोग गर्ने केहि मानिसलाई मैले सोधेको थिए, आखिर किन यस्ता नसालु पदार्थ तपाईहरु प्रयोग गर्नुहुन्छ ? उनीहरुको एउटै भनाई थियो कि नशाले टेन्सन कम हुन्छ, कसैले भने चिन्ता हट्छ । कसैले भने आराम हुन्छ । कसैले भने साथीभाईको संगतमा परेर खाने बानी लाग्यो, त्यत्तिकै छाड्न सकिएन । कसैले भने पार्टीमा जाँदा पिउन सिकियो, त्यत्तिकै बानी भइयो । रक्सी र नसालु पदार्थमा फस्ने कारणहरु जे पनि हुन सक्छन्, तर सबैले भन्छन्, रक्सी वा नसालु पदार्थको लत राम्रो होइन तर बानी परियो भन्ने आउछ ।

नसालु पदार्थका दुव्र्यसनीहरुलाई थाहै नभई भयानक रोग लाग्ने गर्छ । जस्तै, दम लाग्ने, मुटु दुख्ने, क्यान्सर लगायतका रोगका दुव्र्यसनीहरु शिकार बन्न सक्छन् । अन्तत उनीहरुको ज्यानै जानसक्छ । त्यमिात्र होइन, गर्भभित्रको बच्चादेखि जन्मिएका बच्चा र परिवारको समेत बेहाल हुन्छ ।

बाँचेकाहरु मरेतुल्य हुँदा निर्दोष बच्चाको के दोष ? लागुपदार्थले उसको त ज्यान लिन्छ, यस्तो पदार्थ नखाने कुरा ग¥यो भने सम्झाउने मानिस पो त्यतिबेला दोषी बन्छ । पछिल्लो समयमा यसरी लागु पदार्थले मानिसलाई अन्धो बनाइदिएको छ । बच्चाले समेत लागू पदार्थमा नफस्न आग्रह गर्दा कूलतमा फसेकाहरु वास्ता गरिरहेका हुँदैनन् ।

जब मानिस अन्तिम अवस्थामा पुग्छ तब बच्चाले भनेको कुरा एकदम सहि रहेछ भन्दै पश्चताप गरेका उदाहरणहरु समेत प्रशस्त पाइने गरेका छन्, तर त्यसबेला समय सकिइसकेको हुन्छ । जब मानिस नशामा रमाउने बानी पर्छ तब उसका लागि नातागोता सबै टाढाको मानिसजस्तै हुन पुग्छन् ।

उसले नशाकै झोकमा आफ्ना बुवा, आमा, छोराछोरी कसैलाई देख्दैन । त्यतिबेला ऊ झगडा गर्ने, मार्ने धम्की दिने, आफुमात्र राम्रो बन्ने, परिवारका सदस्यलाई मारेको घटनाका समाचारहरु विभिन्न सञ्चारका माध्यममा आइरहेका हुन्छन् । नशाको आवेगमा आएर उसले आमा–बुबा, श्रीमती, छोराछोरीको समेत ज्यान लिएका घटना सुन्न र पढ्न पाइन्छ । मानिसले प्रायः राम्रोभन्दा नराम्रो मानिससंगको संगत छिटो र सजिलै गर्ने गरेको पाइन्छ ।
आफ्नो सन्तनका लागि बाबुआमाले सानैदेखि राम्रो वातावरण दिन सक्नुपर्छ । राम्रो वातावरण दिन सकिएन भने भविष्यमा उसले न आफ्नो जीवनका लागि केही काम गर्न सक्छ, न परिवारका लागि केही गर्न सक्छ, न त समाज र देशका लागि केही गर्न सक्छ, जीवन बर्बाद हुन्छ । यदि छोराछोरी राम्रा बनाउनुछ भने राम्रो शिक्षा र दिक्षाको वातावरण गार्जनले बनाइदिनुपर्छ ।

बालबच्चाको पहिलो पाठशाला घर र पहिलो शिक्षिका आमा हुन् । यसरी जुन शिक्षा बच्चाले घरमा सिक्छ त्यहि बालक पछि गए एउटा सही नागरिक भएर निस्कन सक्छ । त्यसको अलवा समाज कस्तो छ ? स्कुलका साथी कस्ता छन् ? त्यो वातावरण समेत बुझ्न आवश्यक छ, घरका अभिभावकहरुले स्कुल मात्र पठाएर पनि भएन किनकि उसले गर्ने गृहकार्य पनि हेर्नुपर्ने हुन्छ । उसलाई सानोमा जस्तो बनाउन सकिन्छ भोलीका दिनमा त्यस्तै नागरिक बन्न सक्छ, त्यो कुरा सबै अभिभावकको हातमा रहन्छ । यसरी बेलैमा साना गल्ती औंल्याइदिने हो भने पछि उसले आफुले गल्ती गर्दैछु भन्दै सुधार गर्छ, नत्र उसका साना गल्तीलाई सुधार नगर्ने हो भने बच्चा बिग्रन सक्छ ।
सानो छँदा राम्रो वातावरण नदिएका बच्चाहरु ठुलो भइसक्दा बिग्रिने बाटोमा लागिसकेका हुन्छन् । त्यतिबेला ऊ उकदम स्वतन्त्र भइसकेको हुन्छ ,उसलाई जे गर्न मनलाग्छ त्यही गर्छ र बर्बाद हुन्छ । अन्तत, उ एउटा समाजका लागि बोझ सावित हुन पुग्छ, जसलाई जीवनभर कूलतमा फसेको दुव्र्यशनी भनेर समाजले चित्रित गर्छ, जुन व्यक्तिका कारण एउटा सिंगो समाजले कलंकित हुनुपर्ने अवस्था समेत आउँछ । त्यसर्थ, हाम्रा साना–बाबु नानीहरुलाई बेलैमा उचित वातावरण दिऔं, भविष्यमा एउटा कुशल नागरिक बनार्औ, यसैमा हाम्रो समाज र राष्ट्रको इज्जत लुकेको छ ।