विचार/ब्लग

नेविसंघ उमेरको पछि लाग्नुभन्दा स्वबियू निर्बाचनको तयारीमा लाग्न जरुरी

तारक प्रतिभा
मिनि संसदको रुपमा लिईने स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनको सरगर्मी विस्तारै बढेपनि माहौल भने तात्न सकेको छैन । आठ बर्षपछि हुने भनिएको स्ववियु निर्वाचनले आम विद्यार्थीमाझ आशा र उमंगको सञ्चार गर्न सकेको छैन भने विद्यार्थी संगठनहरु तदारुकताकासाथ आवश्यक तयारीमा जुट्न सकेका छैनन् ।

किन हो त बिद्यर्थीहरु आवश्यक तयारीमा जुट्न नसकेका भन्दा मुख्य कारण हो, त्रिभुवन विश्व विद्यालयले तय गरेको २८ बर्षे उमेर हदबन्दीको मापदण्ड । त्रिविले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै आवश्यक तयारीका लागी क्रियाशिल हुनुपर्ने विद्यार्थी संघ संगठनहरु किन धिमा गतिमा पनि गतिविधिहरु अगाढी बढाउन लागिपरेका छैनन् त भन्दा करिब दशक सम्म स्ववियु निर्वाचन नहुदा स्ववियुलाई नै आफनो राजनैतिक यात्राको सिढी सम्झेर आजका दिनसम्म उमेर गुजारेका २८ बर्ष नाघेका आ आप्mना उम्मेदवारलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै सवै विद्यार्थी संघ संगठनहरुको भित्रको साझा समस्या नै हो । यसमा नेविसंघले यसको तीब्र विरोध गरेको छ । मतदाता गुम्ने भयले अरु पार्टीका भातृसंगठनको रुपमा काम गरिरहेका बिखर्थी संगठनहरुले मुख खोल्न मेरो बिश्लेशण छ ।

नेविसंघले आफनो गौरवपुर्ण विराशतलाई कायम नै राख्ने हो भने कुनै पनी हालतमा निर्वाचनमा जानुको अरु कुनै विकल्प छैन । २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघले निर्वाह गरेको अग्रणी भुमिकाको परिणाम स्वरुप प्राप्त स्ववियुलाई आफनो लिगेसी र एजेण्डा हो । उक्त भूमिका बिद्याथर््ी आन्दोलनमा स्थापित गर्नका लागीमात्र नभई नेपालको विद्यार्थी आन्दोलनमा लोकतान्त्रिक विद्यार्थी शक्तिहरुको अग्रदस्ताको रुपमा आफुलाई सुदुर भबिश्यसम्म जोगाउदै स्वर्णिम भबिश्यको मार्गचित्र तयार गर्दै आगामी विद्यार्थी आन्दोलनलाई थप शसक्त मजबुत बनाउनका लागी समेत नेबिसंघ निर्धारित समयकै निर्वाचनमा गएर पहिलो विद्यार्थी शक्तिको रुपमा स्थापित हुनका लागी समेत आवश्यक तयारीमा जुटनबाट किमार्थ पछि हट्न हुदैन ।

कथम्कदाचित निर्धारित मितिको स्ववियु निर्वाचन नेविसंघको कारणलेमात्र तोकिएको मितिमा हुन सकेन र अनिश्चित बन्यो भने यही कुरालाई आधार बनाएर हाम्रा प्रतिस्पर्धी संघ संगठनले हामीमाथी लगाउने मिथ्या आरोपलाई चिर्दै अर्को मितिमा सम्पन्न हुने स्ववियुमा हामी आफनो अवस्थालाई मजबुत राख्दै संगठनलाई सही ढंगले अगाढी बडाउन सक्छौ भन्ने भान नेािसंघले सोच्नु अहिलेको अवस्थामा राम्रो होईन । यसबाट नेबिसंघभित्रका असहजता र अस्तव्यस्ततामा रुमल्लीएर पुन स्ववियु त के सिंगो संगठन नै धराशयि बन्ने अवस्थामा हामी पुग्ने निह्चित छ ।

सिमित नेताहरुका खल्तीका केही पात्रहरुको नाममा समय समयमा संगठन अनिर्णय अनिश्चियको दलदलमा फसिमात्र रहने हो भने उप्रान्त यो विवशताबाट मुक्त गर्दै नेविसंलाई शसक्त मजबुत र अझ बेशी चलायमान बनाउदै नेबिसंघका निति, योजना, कार्यक्रम र आम विद्यार्थी जगतमा हामीहरुले गर्ने कामका आधारमा विद्यार्थी र मतदाताहरुले पत्याउन सक्ने योग्य, सुयोग्य, सक्षम, सबल, आवेक र उत्तेजना होइन विवेक चेतनाको आधारमा विदार्थीमाझ भिज्न सक्ने नेतृत्वलाई स्ववियुमा स्थापित गर्न हाम्रो प्रयत्न हुन आवश्यक ठान्द्धछु ।

विविध अन्यौलताका विचमा सार्वजनिक गरिएका निर्वाचन कार्यतालिकालाई सहज स्विकार गरी आफना भित्रका समस्याहरु समयमै व्यवस्थापन गरेर निर्वाचनमा होमिनुको विकल्प छैन । आम विद्यार्थी संगठनहरुलाई जसका लागी आपसी समझदारी र त्रिविसंगको निरन्तरको सहकार्य जरुरत देखिन्छ । नेपाल विद्यार्थी संघ उमेर हदबन्दीलाई स्विकार गरी निर्वाचनमा सहभागी हुन नसक्नुका कारण र कारकहरु समयमै ठिकठाक पारेर आफुलाई व्यवस्थित गर्दै भावी दिनमा संघलाई पहिलो संगठनका रुपमा स्थापित गराउनका लागी निर्वाचनमा शिघ्र रुपमा होमिन अबेर भईसकेको पंक्तिकारको एकल निष्कर्श र ठम्याई हो ।

यदी नेविसंघ केही दर्जन २८ बर्ष उमेर पार गरेका दाईहरुकै मुख हेरेर फाल्गुन १४ सम्म पनि अनिर्णयको बन्दी बन्ने र अर्कमण्यतामा रुमल्लीरहने हो भने नेविसंघले न स्ववियुको गरिमा र आर्दशलाई शिरोपर गर्न सक्छ न त स्ववियु स्थापनाका लागी हाम्रा अग्रजहरुले गरेको संघर्ष र बलिदानीको पुँजीलाई नै जोगाएर राख्न सक्छ ।
कलेजहरुमा स्ववियुकै लागी कपाल फुलाउन बिवश आदरणिय दाईहरुलाई स–सम्मान पार्टीका आन्तरिक निकायहरुमा व्यवस्थापन गरेर भएपनि, आगामी स्ववियुमा नेविसंलाई सँख्यात्मक र गुणात्मक रुपमा पहिलो संगठनको रुपमा बिजयी गराउन अत्यन्त जरुरी छ । सबै शक्ती प्रयोग गरि स्वबीयू निर्बाचनतिर लाग्नुको सट्टा कहिले स्ववियु निर्वाचनको स्वागत गर्नु, कहिले उमेर हदबन्दी स्वीकार गरेर स्ववियुमा सहभागिता जनाउदैनौ भन्नुले भोली स्ववियु निर्वाचनमा नेविसंघको गरिमामय उचाई र कति घटाउदछ र संगठनको अवस्था कुन हालतमा पुरयाउछ भनेर वर्तमान नेतृत्व र केन्द्रीय समितिले कहिले आँकलन र नजरअन्दाज गर्ने फाल्गुन १५ पछि ? अनुत्तरित प्रश्नहरुको संगालो बनेको छ ।

के कसैका माँया लाग्दा, कसैका टिठलाग्दा, कसैका डरलाग्दा अनुहारहरुलाई देख्दै हेर्दै सिंगो संगठनलाई अर्कमण्यतामा कुहिरोको काग बनाउन मिल्छ ? आगामी स्ववियुमा नेविसंलाई नीति कार्यक्रम, योजना, संगठन र व्यवहारिक रुपमा आम विद्यार्थीहरुको आशा र भरोसाको केन्द्र बनाउने की कसैका व्यक्तिगत, मनोगत र फगत दबाव, प्रभाव र आकाँक्षाको सिकार बनाउने ? आगामी स्ववियु निर्वाचन परिचालनका लागी नीति, योजना, कार्यक्रम, संगठन, परिचालन, स्रोत साधन र जनशक्ति व्यवस्थापनको अवस्था के हो कसरी अगाढी बडने, संगठनको अवस्थाका बारेमा लागीपर्ने की फाल्गुन ८ गते एकैपटक मनोनयन दर्ता गर्नमात्र सहभागी हुने तसर्थ तत्काल हाम्रा गतिविधिहरुमा केन्द्रित हुनुको विकल्प हाम्रा सामु नरहेको तितो यतार्थलाई सहज हृदयंगम गर्दै स्ववियु निर्वाचनको परिचालनमा जुटनुको विकल्प नरहेको मेरो ठम्याई हो ।

केन्द्रिय कार्य समितिको पहिलो बैठकमै मैले बोलेको थिए संगठन परिचालन र आगामी स्ववियु निर्वाचन आप्नो पक्षमा लिनका लागी नया नेतृत्व र केन्द्रिय समितिले लिने नीति के हो ? कार्यक्रम के हो ? योजना के हो ? बदलिदो परिस्थितिमा र नया संविधान अनुसार संगठनको संरचना र एजेण्डा कसरी तय गर्ने र व्यवस्थित गर्ने आदी सन्र्दभमा ठोस कुरा आवस नेतृत्व र संगठनले कार्यक्रम सहित कार्यक्षेत्र तोकिदिओस र कार्यक्षेत्रमा खटेर संगठनको वास्तविक अवस्था बुझेर संगठन निर्माण र परिचालनका सन्र्दभमा नयापन दिन सकियोस तर महाधिवेशनबाट नया नेतृत्व आएको ६ महिना बितिसक्दा समेत क्याम्पस इकाई, निमार्ण गर्न नसक्नु, बिवादित स्थानमा व्यवस्थित गर्न नसक्नु, अवधि पुगेका क्याम्पस,क्षेत्र,जिल्ला र गत महाधिवेशनमा उम्मेदवारीका कारण खाली हुन गएका जिल्लाहरुमा अधिवेशन र संगठन परिचालनका साथै व्यवस्थापनका सन्र्दभमा एक कदम काम पनी अगाढी नबडनुले आसन्न स्ववियुमा संगठनले बिजयको ताज पहिरिने कुरा संसयको घेराभित्र पर्दै गएको सत्य नर्कान र लुकाउन आवश्यक देखेको छैन ।

तसर्थ माथी उठाएका बिषयवस्तुहरुलाई गम्भिरतापुर्वक नलिने र पत्रकार सम्मेलन मार्फत हुन्छ र हुन्न अनि स्वागत विरोधमै समय खर्च गर्नुको साटो सम्पुर्ण एकताकासाथ हामी भित्रका अन्यौलता, अस्तव्यस्तता र समस्याहरुलाई सुल्झाउनका लागी प्रयत्न गर्दे अगाढी नबढ्ने हो भने हाम्रा अग्रजहरुको गौरबपुर्ण विरता र बलिदानीपुर्ण इतिहासको स्तुतिगान गाउने र हाम्रो पहल र अग्रसरतामा स्ववियु स्थापना भएको हो भनेर माईक अगाढी कराउनुको कुनै तुक देखिदैन । हामी किन र कसका लागी आज संगठनलाई अन्यौलताको भुमरीमा चक्कर लगाईरहेका छौं र किन यसबाट माथी उठन सकेका छैनौ राष्टियता, समाजवाद र विद्यार्थी एकतालाई आर्दश ठानेर नेविसंघको कलम र मसाल अंकित झण्डा शिरमा बाँधेका यसका प्रत्येक सदस्यहरुले औला ठड्याउनुपर्नेबेला आएको छ । संगठनको अवस्था, विवशता र दुरावस्था के छ ?

चोक, चौतारी र चियापसलहरुमा निरर्थक बाद विबाद र बहस गरेर समय बर्वाद गर्नुभन्दा यथासक्य त्रिविले सार्वजनिक गरेको कार्यतालिका अन्र्तगत आफनो तयारीमा लाग्न समय निकै घर्किसकेको सत्य बुझेर अगाढी बढेमात्र थोरै भएपनि संगठन र कार्यकर्ताहरुको हितमा हुनेछ ।

(लेखक नेबिसंघका केन्द्रीय सदस्य हुन् )