खेलकुद

१५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता आज(सोमबार)देखि सुरु हुँदै

काठमाडौं । ज्ञान निकेतन हायर सेकेन्डरी स्कुलको आयोजनामा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ४ विधामा जम्मा ४३ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

कलेजको प्लस २ ब्वाइजमा १५ टिम तथा स्कुलतर्फ सिनियर ब्वाइजमा १२ टिम, सिनियर गल्र्समा ८ टिम र जुनियर ब्वाइजमा ८ टिमले भाग लिने छन् ।

प्लस २ मा लिभरपुल, सिनियर ब्वाइजमा एचएचसीए, सिनियर गल्र्समा भ्याली पब्लिक तथा जुनियर ब्वाइजमा आयोजक ज्ञान निकेतन डिफेन्डिङ च्याम्पियन हुन् ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न ३ लाख भन्दा बढी खर्च हुने आयोजकले जनाएको छ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको कोर्टमा हुनेछ ।

प्रिन्सिपल कुँवरले विभिन्न शैक्षिक संस्थानको आपसी सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै विद्यार्थीहलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिदै आएको बताए ।

ज्ञान निकेतनकी संरक्षक लीला कुँवरले १७ वर्ष अगाडिदेखि सुरु गरिएको प्रतियोगिताको दुई संस्करण बाहेक अन्य सबै संस्करण नियमित रुपमा आयोजना गरिएको जानकारी गराइन् ।