पु.समाचार

आयल निगमले कर्मचारीलाई बाँड्न लाग्यो बिना नैतिकता २ अर्ब बोनस

सुर्यखबर सम्बाददाता,

काठ्माण्डौ । बोनस भन्दा पनि अन्य धेरै सुबिधाहरु पाउदै आएका नेपाल आयल निगमका कर्मचारीहरुलाई झाण्डै दुई अर्ब बोनस पाउने भएका छन् । बिकाससमितिले समेत नराम्रो ठानेको उक्त बोनस बाँड्ने कार्य निगमले थालनी गर्न लागेको बुझिएको छ ।

घाटा हुंदा सरकारबाट अरबौं रकम डोनेसन बुझाएपनि नाफाहुंदा जनताको पैसाबाट आएके फाईदा कर्मचारीहरुलाई बाँड्न लागिएको भन्दै समाजनजिक संजाल लगायतबाट चर्को बिरोध समेत भईरहेकको छ ।

नेपाल आयाल निगमले आफ्ना कर्मचारीलाई १ अर्ब करोड १० अर्ब बोनस बाँड्न लागेको समाचार प्राप्त भएको छ । गर्त बर्ष निगमलाई भएको मुनाफाबाट आयल निगमका ४ सय २द्द स्थायी कर्मचारी र अन्यलाई मासिक डेढ लाख भन्दा बढीका दरले बोनस बाँडिन लागेकोहो ।

गत बर्ष बोनस बााड्न छुट्याईएको ९० करोड रुपौंया निगम कै खातामा छ । आपूर्तिमन्त्रालयले बोनस नबाँड्न भनेपछि उक्त खाता चलाईएको थिएन । बाणीज्य बैंकले पनि अदालतको आदेशमा बोनस बुझेकाले आफूहरुलाई पनि अदालतले न्याय गर्ने अनुमान कर्मचारीहरुको देखिन्छ ।

पेट्रोलमा प्रतिलिटर रु. १. ३३, डिजेलमा लिटरको रु. १.५० घाटा एलपीजी ग्यासमा प्रतिसिलन्डर ७८.२४ पैसा र मट्टीतेलमा १५ रुपैयाँ नाफा कमाइरहेको निगमले बताएको छ ।

निगमका एक कर्मचारीका अनुसार कि त बोनस ऐन खारेजी गर्नुपर्यो कि त कर्मचारीले पाउनुपर्ने बोनस रोक्नुभएन, उनले रोष् प्रकट गर्दै भने ।

पूर्बाधार बिकासका लागि निगमले उठाएको रकम समेत नाफामा जोडिएको भन्दै निगमले आलोचना खेपेपनि उसके त्यसप्रति ध्यान जान सकेको छैन ।