आर्थिक

ट्रिनिटी सेमिफाइनलमा

काठमाडौं ।आयोजक ट्रिनिटी इन्टरनेसनल कलेजको ‘बी’ टिम सातौं ट्रिनिटी अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

ट्रिनिटी समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल पुगेको हो । ट्रिनिटी ‘बी’ ले रातो बंगला ‘बी’ लाई १३–१२, साइपाल एकेडेमीलाई ७–३ तथा नामीलाई ८–४ ले पराजित ग¥यो ।

समूह ‘बी’ बाट रातो बंगला ‘बी’ पनि उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो । रातो बंगला ‘बी’ ले साइपाललाई ७–२ तथा नामीलाई १५–५ ले हरायो ।

समूह ‘ए’ बाट जेभियर इन्टरनेसनल कलेज विजेता र युलेन्स उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

जेभियरले युलेन्सलाई ११–५, रातो बंगला ‘ए’ लाई ७–२ तथा ट्रिनिटी ‘ए’ लाई ८–५ ले पाखा लगायो । युलेन्सले रातो बंगला ‘ए’ लाई १०–६ तथा ट्रिनिटी ‘ए’ लाई १५–८ ले निराश पा¥यो ।

सेमिफाइनलमा जेभियरको भेट रातो बंगला ‘बी’ संग हुनेछ भने युलेन्सले ट्रिनिटी ‘बी’ को सामना गर्नेछ । सेमिफाइनल र फाइनल शुक्रबार हुनेछ ।