मनोरञ्जन

आत्महत्या प्रकरणमा आफ्नो नाम मुछिएपछि दिपकराज गिरीले दिए यस्तो जवाफ !

काठमाण्डौ ।  कलाकार दिपकराज गिरीले ‘छक्का पन्जा’ चलचित्र पाइरेसी भएलगत्तै घटेको एउटा घटनामा आफुमाथि लागेको आरोप खण्डन गरेका छन् । चलचित्र पाइरेसी गरेको आरोप प्रहरीद्धारा गिरफ्तार भएर छाडिएलगत्तै  नवलपरासीका कृष्ण सुवेदीको शंकास्पद मृत्यु भएको थियो । सो काण्डमा दिपकराज गिरी लगायत कलाकार समेत दोषी रहेको भन्दै मृतकका परिवारले आरोप लगाइरहेका छन् । मंगलबार आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै कलाकार गिरीले सो आरोपको खण्डन गर्दै त्यस्तो खालको तथ्यहिन आरोप लाग्दा आफुलाई निकै दुःखी भएको बताएका छन् ।

उनले चलचित्र पाइरेसी गरेको आरोपमा समातिएका भाइहरुको नियत खराब नरहेकोले प्रहरीलाई आफुले समेत छाडिदिन आग्रह गरेको र सुवेदी हिरासतमुक्त भएको बताएका छन् । तर हिरासतमुक्त भएलगत्तै सुवेदीले आत्महत्या गरेका थिए । त्यो खबर बाहिर आउनासाथ सामाजिक सञ्जाल लगायत मिडियाहरुमा समेत कलाकार गिरीसँग जोडिएर समाचारहरु आइरहेका छन् ।

कलाकार दिपकराजले अनावश्यक ढंगले घटनालाई नउचाल्न समेत सर्वसाधारण र सञ्चारमाध्यामहरुलाई आग्रह गरेका छन् । सुवदीको मृत्युको खबरले आफुलाई समेत दुःखी बनाएको जनाउँदै उनले सो घटनामा एक प्रतिशत मात्र गल्ती सावित भए आफुहरु सजायको भागिदार हुन तयार रहेको समेत बताएका छन् । गिरीले २०७० सालमा पनि ‘छ एकान छ’ चलचित्र पाइरेसी भएको र त्यसबेला पनि केही युवाहरुलाई प्रहरीलाई अनुरोध गरेरै छाड्न लगाएको स्मरण गरेका छन् । प्रहरीले सुवेदीको आत्महत्या प्रकरणको  घटनाबारे गम्भीर छानबिन गरिरहेको छ । यस्तो छ, दिपकराज गिरीले लेखेको फेसबुक स्टाटस्ः  

207O सालमा “छ एकान छ” पाइरेसी भयो

उजूरी गरे , ब्यक्ति समातियो पनि… कारबाहि गर्नु पर्ने तर एउटा गरिब मजदूरी गरेर खाने परिवारको केटा परेछ.. उस्को आमालाइ देखेर आफ्नै ऑखामा ऑशु आयो , प्रहरी लाइ अनुरोध गरेर आइन्दा यस्तो नगर भनेर छोड़ी दियौ……यो पटक स्वर्गीय कृ्ष्ण सुबेदी सहित ४ यूबा समातिय अपराध महाशाखा प्रमुख सर्बेन्द्र ज्यू र मैले ” पाइरेसी गरेता पनि पैसा कमाउने नियतमा पाइरेसी भाको देखिन्न त्यसैले कार्बाहि नगरौ, केटाहरूको भबिष्य बिगरिन्छ भनेर सामान्य तारिक मा छोडियो, आइतबार देखि त त्यो तारिक बाट पनि मुक्त भैसकेको अबस्था थियो……वारवार सामाजिक संजालमा यूबाहरू लाइ आग्रह पनि गरि रहेको हुन्छू.. कृपया यस्ता साम्ग्री हात पर्दा नहेर्नु राम्रो , हेरे पनि शेयर वा ट्याग नगरौ त्यसले तपाइको पनि भबिष्य बिग्रन सक्छ cyber act ले समात्छ भनेर ।

यो बिषयमा पनि उदारता देखाएरै केटाहरूलाइ मुद्दा नचलाइ सम्झाएर छोडिएको हो , आफ्नै क्षति हूदॉ हूदै पनि हामिले हदै सम्मको नरम ब्यबहार प्रस्तुत गरेकै हो…. त्यसमाथि अहिले केहि ब्यक्तिहरू ले सामाजिक संजालमा केहि अत्यन्तै असंबेदनशील भइ छक्का पन्जालाइ यस्को भागीदार भएको आरोप पनि लगाइरहेछन् , त्यस्ले थप मर्माहित तुल्याएको छ हामिलाइ …एकातिर चलचित्रको पाइरेसी, अर्को तिर यूवाको मृत्यू को पिडा त्यस्माथि यो असंबेदनशील आरोप …
खाएको बिष मात्रै लाग्नु पर्ने हो.. एकातिर मृतकको परिवार को पिडा सम्झेर दुखित छू, अर्को तिर यस्ता संबेदनाहीन आरोपले मर्माहित तुल्याएको छ..।

मृत्यू हो, हत्या हो वा अरू नै केहि कारण हो प्रहरीले अनुशन्धान गरिरहेको छ , प्रहरीले पाइरेसी आरोपमा सफाइ दिइसकेको अबस्थामा यूबकको मृ्त्यू भएको छ , मृत्युको सहि कारण के हो पछि अनुशन्धानबाट खुल्ने नै छ
केहि मिडियाले पनि TRP oriented news लेखिरहेका छन् अत: यो संबेदनशील र मुश्किलको समयमा मन देखि भन्न चाहन्छू हाम्रो १% पनि गल्ति साबित भए हामि सजाए भोग्न तैयार छौ  तर मिथ्या आरोप लगाएर थप पिडा नदिन आग्रह गर्छौ ।

हामिलाइ सहयोग , साथ र पिडामा पनि हौसला दिने लाखौ साथिहरू लाइ धन्यबाद भन्न चाह्नछौ !!!