राजनीति

गगन थापाले सार्वजनिक गरे आफुले गरेका ६ वटा महत्वपूर्ण काम, यस्ता छन् उनका नयाँ कदम !

काठमाण्डौ स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघि आफ्नो नेतृत्व माताहतको स्वास्थ्य मन्त्रालय अन्तर्गत भएका महत्वपूर्ण ६ वटा कामहरु सार्वजनिक गरेका छन् । स्वास्थ्य मन्त्रालयले गरेका अहिलेसम्मका कामकार्वाहीहरुको बारेमा समीक्षा गर्दै मन्त्री थापाले ती निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्री थापाले ती महत्वपूर्ण निर्णयहरु आाफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेखेरै सार्वजनिक गरेका छन् । आफुले अहिले तत्काल गरेका निर्णयहरु सार्वजनिक गर्दै उनले अरु निर्णयहरु क्रमसः सार्वजनिक गर्दै जाने प्रतिबद्धता समेत जनाएका छन् ।

यस्ता छन् मन्त्री थापाको नेतृत्वमा भएका महत्वपूर्ण निर्णयहरुः

१. हाल स्वास्थ्य मन्त्रालयसंग निजी स्वास्थ्य प्रदायक संस्थाहरुको दुरुस्त रेकर्ड छैन। यस कमजोरीका कारण कानुन तस् पाउनुपर्ने जनस्वास्थ्यका सुविधाहरुबाट हामी बंचित छौं। तसर्थ स्वास्थ्य मन्त्रालयसंग परामर्श नगरी कुनैपनि निजी स्वास्थ्य प्रदायक संस्थाको कर चुक्ता नगर्न आन्तरिक राजस्व बिभागलाई पत्राचार गरेका छौं।

२. केन्द्रीय प्रयोगशालाको नवनिर्मित भवनको उदघाटनको क्रममा अब सबै प्रदेशमा प्रादेशिक प्रयोगशालाहरु स्थापना गर्ने अवधारणा सार्वजनिक गरेका छौं। यहि आर्थिक बर्ष भित्र सम्पन्न गर्ने गरी काम अघि बढाइसकेका छौं।

३. बीर अस्पतालका लागि दुवाकोटमा १००० शैयाको अस्पताल निर्माणबारेमा चाइना मेशिनरी कर्पोरेसनका महाप्रबन्धकसंग फलदायी भेट सम्पन्न भयो। प्रकृया अघि बढेको जानकारी गराउंदछु।

४. भक्तपूर क्यान्सर अस्पतालमा सुबिधासम्पन्न भवन निर्माणको लागि कोरियाली सहयोगी संस्था ट्जु चि फाउन्डेशनुको प्रस्तावउपर छलफल सम्पन्न भयो। सिघ्र कार्यान्वयनमा ल्याउन प्रकृया अगाडि बढाइएको छ।

५. पुनर्निर्माण प्रधिकरणसंग सहकार्य गरी गत बर्षको महाभुकम्पले प्रभावित क्षेत्रहरुमा बिशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेका छौं। र साथै उक्त क्षेत्रमा चिकित्सा बिज्ञानका बिद्यार्थीहरुले इन्टर्सिप गर्ने ब्यबस्था मिलाएका छौं। यसकालागि मन्त्रालय मातहतका सम्बन्धित महाशाखा र बिभागहरुमा पत्राचार गरिसकिएको छ।

६. स्वदेशी उत्पादनका औषधीहरुको प्रवर्धनका लागि उत्पादकहरु र मन्त्रालयबीच सकारात्मक छलफल भएको छ। आगामी दिनमा यस्ता साझेदारीले औषधिमा परनिर्भरता घटाउन ठूलो टेवा पुर्याउनेछ। १५ दिन भित्र कार्ययोजना तयार पार्न अर्थ, बाणिज्य र उद्योग मन्त्रालय सम्मिलित समिति गठन भैसकेको छ।