पु.समाचार

शीतल निवासभित्रको कुराकानी:‘पूर्वराजाले कुरा कोट्याउनासाथ राप्रपा नेताहरुले दिए शुभसाइतको संकेत !’

काठमाण्डौ । सर्वत्र कौतुहलताका बीच शितल निवासको निमन्त्रणालाई स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शितल निवास छिरेका छन् । राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी डा.निशाकुशुम भण्डारी र कांग्रेस सांसद किरण यादवका छोरा अभिषेक यादवबीच भएको विवाह समारोहको निमन्त्रणालाई स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र शितल निवास पुगेका हुन् ।

श्रोतका अनुसार पूर्वराजा शाह १२ बजेर ३४ मिनेन जाँदा शितल निवास छिरेका थिए भने १२ बजेर ५४ मिनेट जाँदा बाहिरिएका थिए ।
उनले उक्त २० मिनेटको समयमा बरबधुलाई शुभकामना दिनुका साथै केही पूर्वपञ्चहरुसँग भलाकुसारी गर्न भ्याएका थिए । सो समयमा उनले केहीबेर राप्रपा नेताहरुसँगै बसेर भलाकुसारी गरेको जनाइएको छ ।

उनले मुलधारका नेताहरुसँग भने खासै कुराकानी नभएको श्रोतले बताएको छ । राजतन्त्र ढलेपछि पहिलोपटक ज्ञानेन्द्र त्यहाँ पुगेका थिए ।
राप्रपा नेताहरुसँग विशुद्ध व्यक्तिगत कुराकानी भएको थियो । उनले ४७ वर्षअघि शितल निवासमै भएको विवाहको समेत स्मरण गरेको जनाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वपञ्चहरुसँग एउटै कुर्सीमा बसेर भलाकुसारी गर्ने साइत मात्र होइन, मुलधारका केही राजनीतिक नेताहरुको सामुहिक क्रियाकलाप र  गतिविधि समेत बुझ्ने मौका मिलेको थियो तर उनी अन्य दलका नेताहरुसँग भने त्यति धेरै नखुलेको बताइएको छ, उनले केही नेताहरुलाई भने देखे पनि नदेखेझै गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलराज्य लक्ष्मीको विवाह पनि सोही भवनमा ४७ वर्ष अघि भएको थियो । राप्रपा नेताहरुले सो प्रसंग उठ्नासाथ एउटा शुभसाइत भएको संकेत दिएका थिए ।