आर्थिक

तीन करोडको तरुल आपूर्ति

काठमाडौं । उपत्यकामा माघे संक्रान्तिको अवसरमा ५ सय मेट्रिक टन तरुल आपूर्ति भएको छ । शनिबारसम्ममा करीब ३ करोड रकम बराबरको विभिन्न तरुलको कारोबार भएको पाइएको छ ।

नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अनुसार सबैभन्दा बढी तरुलको कारोबार कालीमाटी बजारमा हुने गर्छ । आइतबारको कारोबारमा लेखिएको छ, ५ सय टनमध्ये कालीमाटी तरकारी बजारबाट मात्र २ सय टन आपूर्ति भएको छ ।
बल्खुमा ५० टन र बानेश्वरमा १ सय टन तरुल विक्री भएको छ ।