कुराकानी

अर्घाखाँचीमा जनताले आफ्नो स्वाभिमानका लागि देखाएको आँट र प्रतिरोधलाई हामी कदर र सम्मान गर्दछौं – उपाध्यक्ष, युवा संघ नेपाल

उर्जामन्त्री समेत रहेका माओबादी केन्द्रका नेता जनार्दन शर्मामाथि बिहीबार अघांखाँची महोत्सव उद्घाटन गर्ने क्रममा अर्घाखाँचीमा भएको ढुंगामुढा र का बिषयमा घुमाउरो पारामा माओबादी केन्द्रको भातृसंस्था वाईसियलको उहाँहरु प्रतिको आरोप र युवा संघको राजनीतिक गतिबिधिका बिषयमा नेकपा एमालेका युवानेता एबम् शसक्त भातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष रमेशकुमार पौडेलसंग सुर्यखबर डट् कम् का प्रतिनिधिले गरेको कुराकानी -:

१.बिहीबार अर्घाखाँचीमा भएको मन्त्री जनार्दन शर्मामाथिको ढुंगामुढा युवा संघले गरेको भनेर वाईसियलले आरोप लगाएको छ नि ?

बिहीबार जनार्दन शर्मा अर्घाखाँची महोत्सव उद्घाटनका लागि जाँदा भएको घटनाले हामीलाई दुखीत् तुल्याएको छ । मन्त्री मात्र होईन कसैलाई पनि आक्रमण गर्ने त के कल्पना समेत युवासंघ गर्न सक्दैन । यस घटनाबाट नेताहरुले जनताका बिरुद्धमा बोल्दा जनताले कस्तो प्रतिकृया गर्दा रहेछन् भन्ने नेताहरुलाई बुझ्न समेत म आग्रह गर्दछु । उक्त घटनाले जनता कुनै पार्टीका दास हुंदैनन्, भन्ने प्रस्ट भएको छ । पाहाड र तराई टुक्राउने कुरा जनतालाई मन नपरेको सन्देश जनताले यस घटनाबाट दिन खोजेको संबन्धित पक्षले बुभ्mन जरुरी छ । हामी सधैं जनताका साथमा भने हुने नै छौं । युवासंघ लोकतन्त्र र बिधिको शासन मान्ने संगठन हो । वाईसियल जस्तो बितण्डकारी, बिध्वंसकारी आतंक मच्चाउदै हिड्ने संगठन युवा संघ नभएको सबैलाई जानकारी छंदैछ । साथै, अर्घाखाँचीमा जनताले आफ्नो स्वाभिमानका लागि देखाएको आँट र प्रतिरोधलाई हामी कदर र सम्मान पनि गर्दछौं ।

२.वाईसियल माहासचिव दीपशिखाले घुमाउरो पारामा यहाँहरुलाई लगाएको आरोपको बारेमा के भन्नुहुन्छ ?

माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझीको राजनीतिक क्षेत्र हो अर्घाखाँची । त्यसैले वाईसियलका मित्रले टोपबहादुर रायमाझीको बिरुद्धमा आरोप लगाएको हुन सक्छन्, यो आरोप हामीलाई भन्दा पनि उहाँकै नेता टोपबहादुर प्रति ईगीत होला । रायमाझी एक राष्ट्रभक्त नेता भएकोले पहाड र मधेस टुक्राएर संबिधान संसोधन गर्ने कुराको बिरोध गर्दै हिड्नुभएको छ । माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पाहाड र तराई टुक्राउने हिसाबले हिडिरहेका छन्, नेता रायमाझीको पाहाड र तराई नटुक्राउने बिचार वाईसियलका साथी दीपशिखालाई चित्त नबुझि पुष्पकमल दाहालका बिखण्डनकारी लेण्डुपपन्थी बिचारका पीछलग्गु भएका कारणले वाईसियलका साथीहरुले नेता रायमाझीको बिरुद्धमा अभिब्यक्ती दिएका हुन् कि भन्ने मलाई लाग्छ ।

३ .अनि खुलेर तचपाईहरु बिरुद्धमा वाईसियल उत्रियो भने नि ?

माओबादी आफूले काँक्रो चोरेर बीयाँ अर्काको निधारमा टाँस्दै अरुलाई चोर लगाउन खप्पीस पार्टी हो । उसलाई के बोल्नु हुन्छ, के बोल्नु हुंदैन थाहा हुंदैन । वाईसियल उसैको भातृसंस्था हो । उनीहरु गैरकानुनी काम गर्न, आतंक मच्चाउन, बिध्वंस गर्न सिपालु छन् । उनीहरुले जे गर्यो हामी तेस्तै अराजक गतिबिधि गर्दैनौ । वाईसियल वा जो कोही हाम्रो बिरुद्धमा उत्रियो भने हामी चुप लागेर बस्दैनौ, कानुनलाई हातमा लिएर होईन साथमा लिएर बद्मासहरुलाई ठेगान लगाएको हाम्रो ईतिहास हो ।

४ संबिधान संसोधन र ५ नं. प्रदेश टुक्राउने मुद्धामा माउ एमाले लगायतको ९ दलीय गठबन्धन र युवासघंकोे बिचमा कस्तो सहयोग र सहकार्य रहँदै आएको छ ?

मंसीर १४ गते जसरी सरकारले संबिधान संसोधन बिधेयक एमालेलाई छक्याएर सदनमा टेबल गर्योे त्यो पूर्णतः राष्ट्रघाती र गलत नजिर स्थापीत गर्दै अन्तत्वगत्वा नेपाललाई भूटानको बाटोबाट सिक्किम बनाउन गरिएको षढ्यन्त्र हो । यसले मुलुकका लागि राम्रो गर्दैन । संबिधान संसोधन प्रस्ताब बिस्तारबादको योजना हो । हामीले भारतीय दुताबास घेर्नेे, प्रधानमन्त्री कार्यालय घेर्ने, बानेश्वरस्थित संसदभबन घेर्ने लगायतका प्रदर्शनहरु गर्दै राष्ट्रघाती संबिधान संसोधनका बिरुद्धमा हाम्रो आन्दोलन जारी छ । त्यसैलाई आधार बनाएर बिपक्ष गठबन्धनले एमालेको आयोजनामा बृहत जनप्रदर्शनको समेत आयोजना गर्यो । सदनमा पनि शसक्त रुपमा हाम्रो पार्टीको बिरोध जारी नै छ । यो संसोधनलाई कुनैपनि हालतमा हामी पास हुन दिदैनौ ।

५. तापाईहरुले तरुण दल र वाईसियललाई कसरी हेर्नुहुन्छ ?

४०.३५ प्रतिशत युवाहरुको जनसंख्या भएको मुलुक हो नेपाल । जसमा ४० लाख भन्दा बढी युवाहरु बिदेशमा बस्छन् । दैनिक १५ सयको हाराहारीमा सपना बोकेर बिदेशीने क्रम छ । तिनका सपनाहरुलाई कफिनभित्र प्याक गरेर ७ वटा भन्दा बढी युवाका लासहरु प्रत्येक दिन मुलुक भित्रिने क्रम पनि जारी नै छ । युवाहरु कुण्ठा, निरासा र मनोबल कमजोर बनाएर आफूलाई धिकारिरहेका छन् । हामीले १६ बर्ष भएपछि युवाहरुलाई भोट दिन पाउनुपर्छ भनेर आवाज उठांर्यौ, युवापरिसद, युवा नीति लगायत युवाहरुका हरेक तह र तप्काका आन्दोलनहरुको नेतृत्व हामीले गरेका र्छौ ।
यस हिसाबले तरुण दल र वाईसियल जस्ता युवासंगठनहरुका नेतृत्व पनि हामीले गर्दै आएका र्छौ । तर तरुण दल एउटा यथास्थितिबादी, बिचार र योजना बिहीन नेताहरुको भजनमण्डलीको रुपमा रहेको आफूलाई रकमी र गुणडगर्दी गर्ने संगठनको रुपमा म लिन्छु भने वाईसियलले हत्याहिंसा, आतंक, बितंडा, कानुन मिच्ने, बिध्वंस मच्चाउने काम गर्दै आएको छ । वाईसियल उग्रबामपन्थी रुझानबाट मुक्त हुन सकेको छैन । बर्तमान अवस्थामा भने वाईसियलको माऊ पार्टी माओबादी केन्द्र बिस्तारबादको गोटी बनेर देश नै सिध्याउन लागि परेको छ । उग्रबामपन्थी सोचका कारण वाईसियल समाप्त हुंदै गईरहेको छ, कालन्तरमा खत्तम हुने निश्चित छ । युवासंघले यी दुबै प्रबृतिलाई नारेर लोकतन्त्र, शान्ति, बिकास र युवाहरुको सामुदायीक हितका लागि नेतृत्व गर्दै आएको छ । आर्थिक समृद्धि, अझ भन्नुपर्दा समृद्ध नेपाल, सुखी नेपाली हाम्रो मूख्य सरोकारको बिषय हो ।

५ एमालेभित्र मौलाउदै गएको गुट–उपगुटको सन्दर्भमा तपाई के भन्नुहुन्छ ?

बिचार निर्माणका लागि र आफु नेतृत्वमा रहन बहस हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । प्रतिस्पर्धामा जो श्रेष्ठ हुन्छ उही पार्टीको नेता बन्छ । कार्यकर्ताले पनि जनमैत्री बिचार भएकाहरुलाई पार्टीको नेता बनाउदछन् । पार्टीमा समूहगत बहस र छलफल हुनु सामान्य कुरा हो । बिचारमा एमालेमा गुट उपगुट छैनन्, माक्सबाद, लेनिन्बाद र जबज हाम्रो मार्गदर्शक सिद्धान्त हो । यो भन्दा फरक कसैको पनि बिचार छैन । हाम्रो अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ, उहाँकै बिचार र नेतृत्वमा हामी तमाम् एमाले कार्यकर्ता र एमाले हिँडेको छ । नीति र नेतृत्व सबैले स्विकानु अनिबार्य छ । त्यसैले लोकतान्त्रीक प्रतिस्पर्धालाई म गुट मान्न तयार छैन ।

युवासंघको आयोजनामा भएके संबिधान संसोधनबिरुद्धको प्रदर्शनमा उपाध्यक्ष पौडेल

६.अन्त्यमा तपाईले भन्नु केही छ ?

संबिधान संसोधन राष्ट्रघाती छ । यो बाटोबाट हिड्दा मुलुक रहन्छ रहदैन भनेर हामीलाई भन्न गाह्रो छ । भोलीको पुस्तालाई सिंगो नेपाल हस्तान्तरण गर्ने हाम्रो दायीत्व हो, जुन नेपाल समृद्ध होस, समुन्नत होस । त्यसैले मेरो आग्रह छ जनताको मागको बिरुद्धमा तराई र पाहाड टुक्राएर, अंगीकृतहरुलाई प्रमुख पदमा पुर्याएर, हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाएर अन्तत्वगत्वा देशलाई फिजिकरणको माद्यमद्वारा भूटानीकरण गर्दै सिक्किम बनाउन लागि परेको देखिन्छ । जुन कुरा तत्का रोक्नुपर्छ । यस्ता राष्ट्रघाती काम त के कुरा पनि नगरौं, यदि तेस्तो भए हामी युवाहरु चुप लागेर बस्दैनौं । र, अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको अडान र सोचका कारणले नै देश बचेको छ । सबै राष्ट्रप्रमीहरुले देशको पक्षमा सोचेर उहाँलाई साथ दिन म सबैमा अपील गर्दछु ।

पार्टी अध्यक्ष केपाी ओलीसंग उपाध्यक्ष पौडेल आफ्नी जिबन -संगीनी बिनुसंग