विशेष

ब्यापक राजनीतिकरणकाबीच ८० न्यायधीश नियुक्ती, नियुक्तीहुनेमा नेताहरुका आफन्त तथा पीए

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । बिबादकाबीच न्यायपरिषदको सिफारिसमा उच्च अदालतले ८० जना न्यायधीशको नियुक्ती गरेको छ । न्यायधीश नियुक्तीमा राजनीतिकरण भएको भन्दै दुईजना न्यायपरिषद सदस्य समेत रहेका बरिष्ठ न्यषयधीशहरु रामप्रसाद सिटौला र बैद्यनाथ उपाध्याय बैठकमा उपस्थिति नभएपनि न्यायपरिसदले ८० जना न्यायधीशहरु नियुक्ती गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका निर्माण तथा यातायात मन्त्री रमेश लेखक र माओबादी केन्द्रका नेता बर्षमान पुनः सहित न्यायपरिसद बैठकमा उपस्थित भएर न्यायधीशहरुको नाम टुंगो लगाएको भनेर सामाजिक सञ्जालहरुमा ब्यापक बिरोध आईरहेको भएपनि लेखक र पुनःले गलत भएको बताएका छन् ।

मन्त्रीका भाई, भतिजा र पूर्ब–पीएहरु न्यायधीष हुनु पक्कैपनि राम्रो कुरा होईन त्याँहामाथी न्यायधीष नियुक्तीमा पूर्णतयाः राजनीतिकरण हुनु पनि मुलुक र लोकतन्त्रको बिपक्षमा छ । सबैभन्दा बढी न्यायधीशहरु छिराउनेमा ठूलो दल काँग्रेस नै छ, भने एमालेले समेत दोस्रो भूमिका पाएको छ । माओबादी केन्द्रले समेत यसपटक आफ्ना कार्यकर्ताहरुलाई न्यायालयमा न्यायधीशका रुपमा छिराएको छ ।

बिहीबार राती ११ बजे बर्षमान पुनः अनन्त काँग्रेस सभापति शेरबहादुर देउवाकोमा पुगेर न्यायधीशहरुको नाम टुंगो लगाएको भन्ने समाचार आए पनि माओबादी केन्द्रका नेता बर्षमान पुनःले आरोप मिथ्या भएको आरोप लगाएका छन् ।

शुक्रबार प्रधानन्यायधीश शुशीला कार्की निवास वालुवाटारमा पुर्याइएका नामहरु नै न्यायालयका नयाँ न्यायाधीशको रुपमा अनुमोदित भएका छन् ।

नियुक्ती हुनेहरुमा जिल्ला न्यायधीशबाट ३७ जना र बार एसोसिएसनबाट २७ जना, सहसचिब र बिशिष्ट श्रेणी जम्मा १६ जना न्यायधीशहरु नियुक्त भएका छन् ।

बिगतमा पनि सर्बोेच्च अदालतका न्यायधीशहरु नियुक्ती गर्ने क्रममा बिबाद भएपनि यसपटक जस्तो नभएको सर्बोच्च अदालतका एक न्यायधीशले सुर्यखबरलाई बताए ।