आर्थिक

एनसेल एकपछि अर्को धमाधम सम्मानित हुंदै

सुर्यखबर सम्बाददाता,
काठमाडौं । देशकै अग्रणी जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेल गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालबाट सम्मानित भएको छ । आरबिटी (रिङ्ग ब्याक टोन) सेवा अन्र्तगतको संगीत रोयल्टी उपलब्ध गराई ऐतिहासिक कार्यको सुरुवात गरेकाले प्रस्तोता समाजले एनसेललाई सो सम्मान प्रदान गरेको हो ।

प्रस्तोता समाजले ‘दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोह’ का अवसरमा एनसेललाई मंगलबार उसले रोयल्टी संकलनमा गरेको ऐतिहासिक योगदानको सम्मान गर्दै कदरपत्र प्रदान गरेको हो । प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्माले उक्त कदरपत्र एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई हस्तान्तरण गरेका थिए ।

दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोहमा प्रस्तोता समाजले एनसेलबाट प्राप्त चार महिना ९जुलाई देखि अक्टोबर २०१६० को रोयल्टी ३० जना गायक गायिकाहरुलाई प्रदान गरेको छ । रोयल्टी रुवस्प प्राप्त गरेको रकमका आधारमा गायिका अन्जु पन्तले उक्त चार महिनामा सबैभन्दा बढि रु १,४४,२९९ रोयल्टी प्राप्त गरेकी छिन् । गायक प्रमोद खरेलले रु ८५,१४५ रोयल्टी प्राप्त गरेका छन् भने गायक विष्णु माझिले रु ५६,५६४ रोयल्टी पाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी विकास समितीका सभापति रविन्द्र अधिकारीले रोयल्टी अन्य क्षेत्रबाट पनि उठाउनु पर्ने र यो नयाँ युगको सुरुवात भएको बताउदै एनसेललाई रोयल्टी संकलनको प्रणालीमा आएकोमा विषेश धन्यवाद दिए । गायक गायिकाको तर्फबाट बोल्दै गायक स्वरुपराज आचार्यले सो रोयल्टी वितरण समारोह साँच्चै नै ऐतिहासिक रहेको र नेपालमा छोटो समयमा नै रोयल्टी सम्बन्धि जनचेतना आएको बताए ।

“एनसेलले आरबिटी रोयल्टी बापत चार महिनामा बुझाएको रकम हामीले वितरण गरेका छौ ।” प्रस्तोता समाजका अध्यक्ष शर्माले भने । “यो गायक गायिका प्रस्तोताहरु प्रति गरिएको सम्मान र उहाँहरुलाई दिईएको प्रोत्साहन हो ।”

सोही समारोहमा वरिष्ठ गायक गायिका, स्रष्टा, वाद्यवाद्यकहरुलाई पनि सम्मान गरिएको छ । प्रस्तोता समाजले वरिष्ठ गायक प्रेम ध्वज प्रधान, भजन शिरोमणी भक्तराजआचार्य, वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गायक पूर्ण नेपाली, वरिष्ठ गायिका तिर्थ कुमारी थापा, वरिष्ठ वाद्यवादक सुसिला अमात्य लगायत १० जनालाई जनही रु १०,००५ सहित सम्मान तथा कदर पत्र प्रदान गरेको एनसेलले जनाएको छ ।