आर्थिक

धितोपत्र बोर्डले रिलायबललाई अनुमति

काठमाडौँ । रिलायबल क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।

रिलायबल डेभलपमेन्ट बैंकको सहायक कम्पनीको रुपमा संचालित रिलायबल क्यापिटल लिमिटेडलाई हाल शेयर रजिस्ट्रेसन तथा लगानी व्यवस्थापन सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त भएको रिलायवल डेभेलोप्मेन्ट बेंकले जनाएको छ ।

उक्त क्यापीटलमा चुक्ता पुँजी १०.५ करोड र अधिकृत पुँजी २० करोड रहेको यस क्यापिटलमा पूर्ण रुपमा रिलायबल डेभलपमेन्ट बैंकको लगानी रहेको छ ।

रिलायब डेभेलोप्मेन्ट ग्लोबल आईएमई बैंकसंग मर्जर प्रकृयामा छ ।