राजनीति

पुनःनिर्माण प्राधिकरणमा एमालेका ज्ञवालीलाइ बर्खास्त गर्दै काँग्रेसका डा.पोख्रेल नियुक्त

सुर्यखबर सम्बाददात,

काठमाडौं । अन्ततः राष्ट्रिय पुननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीलाई सरकारले बर्खास्त गरेको छ ।

उक्त पदमा नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष प्रा.डा.गोबिन्द पोख्रेललाई नियुक्त गरेको छ ।  बुधबार बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई हटाएर पोख्रेललाई नियुक्त गरेको हो ।

नेपाली काँग्रेसका माहासमिति सदस्य समेत रहेका डा. पोख्रेल पुननिर्माण प्राधिकरणमा पहिले शुसिल कोईराला प्रधानमन्त्री भएकोबेला समेत सिफारिस भएका थिए । पुष्पकमल दाहाल सरकारसंग पौंठेजोरी खेलेर बिबादमा आएका ज्ञवाली अन्तिम समयमा आएर नेकपा एमालेको निर्देशन बमोजिम काम गरिरहेका थिए ।

भेदभाबरहित ढंगबाट प्राधिकरणको भन्दा पनि एमालेकोमात्र काम गर्न थालेका कारण प्रधानमन्त्री कार्यालयले ज्ञवालीलाई स्पस्टीकरण सोधेको थियो, स्पष्टीकरणमा ज्ञवालीले प्रधानमन्त्री र सामान्यप्रशाशन मन्त्रालयलाई दोषी बनाई काम गर्न नसकेको उत्तर दिएका थिए ।

तत्कालीन केपी शर्मा ओलीबाट राष्ट्रिय पुननिर्माण प्राधिकरणमा नियुक्त भएका ज्ञवाली नियुक्त हुनुअघि ठूला कुरा गर्थे भने सपथ पश्चात केही काम गर्न नसकेकोमा काँगे्रस र माओबादीमात्र नभएर भुकम्पपीडितहरु नै रुष्ट थिए ।