आर्थिक

क्लासीक टेक र Airtel बीच इन्टरनेट सम्बन्धी सम्झौता

काठमाण्डौ । सात बर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक र भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनी Airtel बीच इन्टरनेट सेवाप्रदानगर्ने सम्बन्धी सम्झौता भएकोछ । यो सहकार्य अनुसार Airtel र क्लासीक टेक Fiber Medium बाट सिधै जोडिएको हुँदा होप हरु कमहुने, Latency कमहुने र प्रशस्त Bandwidth भित्र्याउन सकिने भएको छ ।

यो सँगै अब ग्राहकले Inter-As-MPLS / International Private Leasing Circuit [IPLC] जस्ता लाभहरु लिन सक्नेछन् ।क्लासीक टेकले Airtel मार्फत lease line service संसारको जुन सुकै कुनामा पनि उपलब्ध गराउन सक्नेछ भने घरेलु ग्राहकले पनिसस्तो मुल्यमा अधिकतम र भरपर्दो Internet Speed उपभोग गर्न पाउने भएका छन् ।

नयाँबर्ष २०१७ को अवसरमा उच्चगतिको 12Mbps unlimited इन्टरनेट बार्षिक ग्राहकलाई रु १९९९ प्रति महिना उपलब्ध गराइएकोे छ । साथै 3 Mbps unlimited मात्र रु १०९९ प्रतिमहिना र 6 Mbps unlimited मात्र रु .१४९९ प्रति महिनामा उपलब्ध गराएको छ र बार्षिक ग्राहकलाई जडान खर्च र फाईवर डीभाईस निशुल्क बनाएको छ । यस लगायत क्लासिक टेकका सेवाग्राहीका लागी पनि internet recharge मा 2 % Rebate को योजना ल्याएको छ र यो योजना सिमीत अवधिको लागीमात्र रहनेछ ।