आर्थिक

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

सुर्यखबर सम्बाददाता,
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवाप्रदायककम्पनी एनसेललाई गतआर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिका कार्यलयले एनसेललाई सोमबार सो सम्मान स्वरुप कदर-पत्र प्रदान गरेको छ ।

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीतितथाकार्यक्रम सार्वजनिकीकरण समारोहमासो सम्मानप्रदानगरिएको हो । उक्त समारोहकाप्रमुखअतिथी संघीय मामिलातथा स्थानीयविकास मन्त्रिहितराज पाण्डेले एनसेलका सुरक्षा-निर्देशक महेन्द्र भट्टचनलाई सो कदर पत्र हस्तान्तरण गरेका थिए ।

कदर पत्रमा लेखिएअनुसार “काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष २०७२/७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिय योगदान गरे बापत”एनसेललाई सम्मानगरिएको हो । महानगरपालिका कार्यलयका अनुसार, गत आर्थिक वर्ष २०७२/७३ मा कार्यलयले रु ४ करोड १७ लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो ।

निजी क्षेत्रको पहिलो मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मान पाईसकेको एनसेलले जनाएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवालिएका छन् ।