अन्तर्राष्ट्रिय

राष्ट्रसंघ सुरक्षा परिषदद्धारा कडा निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले जेरुसेलममा ट्रक ठोक्काएर गरेको आक्रमणको ‘कडा शब्दमा’ निन्दा गरेको छ । सुरक्षा परिषद्ले ‘कुनै पनि आतङ्कवादी गतिविधि अपराध हो र यो संयुक्त राष्ट्रसङ्घको नजरमा असङ्गतपूर्ण हुन्छ’ भनेको छ । पूर्वी जेरुसेलमको पुरानो सहर अर्मन हनातजिवमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।

घटनामा जसको संलग्नता रहे पनि उनीहरूलाई कानुनी दायरमा ल्याउन सुरक्षा परिषद्ले आग्रह गर्दै भनेको छ । ‘यो निन्दनीय आतङ्वादी घटनाको दोषीले कुनै मूल्यमा उन्मुक्ति पाउने छैन ।’

इजरायलको च्यानल र टेलिभिजन न्यूज प्रशारण आक्रमणमा एउटा उच्चगतिमा चलाइएको ट्रकलाई सडकबाट मानिसको जमघटमा भएको स्थानमा ठोक्किएको दृष्य देखाइएको छ ।

ट्रक तत्कालै घटनास्थलबाट अन्य मानिस भएतिर फर्काइँदै गर्दा सुरक्षाकर्मीले चालकलाई गोली हानेका थिए । चालकको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यसैबीच, इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले उक्त आक्रमणमा संलग्न आतङ्ककारी इस्लामिक स्टेट
९आइएस० समूहको संलग्नता रहेको आशङ्का व्यक्त गरेका छन् ।