समाचार

१४ लाखको घडी र कांग्रेस सांसद रामहरी खतिवडाका बिषयमा बाला अधिकारीको टिप्पणी

Ramhari Khatiwada

काठमाण्डौ । २०४७ सालमा नेपालमा बहुदलीय प्रजातान्त्रिक ब्याबस्था को प्रादुर्भाव भएपछाडी प्रजातन्त्र का हिमायती स्व.बलबहादुर राइ, गोपाल राइ, चन्द्रकान्त दाहाल लगायतका केही प्रजातन्त्रका हिमायती जो बहुदलीय ब्याबस्था का लागी जीबनभर लडिरहे र देश रजनता का लागि जीबन आहुति दिन पनि हमेशा तयार रहे । तिनै ब्याक्तित्वहरु नेपाली कॉंँग्रेसको संगठन गर्नका लागि गॉँउ गॉउमा हिडिरहेका थिए । यसै क्रममा एउटा पतलो, अल्गो, गोरो ठिटो ने. बि.संघ को झन्डा बोकेर निकै जोशिलो भाषण गरिरहेको थियो।

त्यो ठिटो मेरो लागि भौतिक रुपमा अपरिचित भए पनि नाम भने नयॉ थिएन त्यो ठिटो अरु कोही नभएर रामहरी खतिवडा थियो।रामहरी खतिवडा र मेरो ठुलो दाइ एउटै स्कुलमा एउटै कक्षामा पढ्नुहुन्थ्यो तेतिबेला मेरो गा. बि. स. मा हाइ स्कुल नभएका कारण दाइ डेरालिइ भगवती मा. बि. मानेभन्ज्याडंमा पढ्नुहुन्थ्यो र रामहरी दाइ पनि सोही स्कुलमा पढ्नुहुन्थ्यो।

बाला अधिकारी

त्यो ठिटो मेरो लागि भौतिक रुपमा अपरिचित भए पनि नाम भने नयॉ थिएन त्यो ठिटो अरु कोही नभएर रामहरी खतिवडा थियो।रामहरी खतिवडा र मेरो ठुलो दाइ एउटै स्कुलमा एउटै कक्षामा पढ्नुहुन्थ्यो तेतिबेला मेरो गा. बि. स. मा हाइ स्कुल नभएका कारण दाइ डेरालिइ भगवती मा. बि. मानेभन्ज्याडंमा पढ्नुहुन्थ्यो र रामहरी दाइ पनि सोही स्कुलमा पढ्नुहुन्थ्यो।

हरेक शुक्रवार स्कुलको हाफ छुट्टी हुन्थ्यो दाइ शुक्रवार घर आएर आइतबार बिहान सबेरै स्कुल भ्याउने गरि जानुहुन्यो घरआएको बेला आफ्ना साथीहरुको चर्चा परिचर्चा गर्नु हुन्थ्यो तेसैले दाइसंग एउटै कक्षामा पढ्ने सबैजसोको नाम मैलेपनि सुनेको थिँए तेसैले रामहरी खतिवडा नाम मेरोलागी पुरानै भयो। मेरो स्कुलमा रामहरी दाइले भाषण गरेर निकै प्रभावित बनाउनु भयो उनैको भाषणले म पनि नेविसंघ बने, ने बि संघको गठनको क्रममा त्यसबेला मलाइ स्कुलको नेविसंघको उपाध्यक्षको ज़िम्मेवारी सुम्पिएर फर्कनु भएको थियो ।

त्यतिबेला देखि म रामहरी खतिवडासंग लगातार संपर्कमा छु र उनिलाइ नजिकबाट चिन्ने मौक़ा पनि पाएकी छु्र । रामहरी खतिवडा का बिषयमा भन्नुपर्दा २०४७ अगाडी उन्ले के गरे के गरेनन् मलाइ थाहा छैन तर २०४७ साल पछाडी उनी अनावरत रुपमा ओखलढुंगाका जनताका लागि समाहित छन्, ओखलढुंगाका जनताका सेवामा अहोरात्र खटिरहेका छन्, हो म मान्छु दुधले धोएको कोही हुदैन रामहरी खतिवडामा पनि तमाम
बैगुनहरु होलान्, ख़राबीहरु होलान् तर उनले आफ्नो जिल्ला र त्याहाका जनताको हितका लागि धेरै गरेका छन्, प्रजातन्त्रका लागि धेरै ओखलढुंगाका कॉंग्रेसहरुले ज्यानको आहुति दिएका छन्।

धेरै ओखलढुंगे बीर हरुका रगतले कॉंग्रेसलाइ सिन्चिएका छन् तर पहिलो र दोस्रो दुबै संविधान सभाको चुनाबमा एकजनापनि समानुपातिक सभासद नचुन्नुलाइ भन्नै पर्दा कॉंग्रेसको उद्गम स्थललाइ नेतृत्व तहबाटै अन्याय भएको अनुभुति तमाम ओखलढुंगाका कांग्रेसीहरुले गरेका छन् । रामहरी खतिवडा ओखलढुंगा क्षेत्र नं दुइ बाट लोकप्रिय मत ल्याइ निर्वाचित भएका नेपाली कॉंग्रेसका संसद हुन्।

खतिवडा युवाहरुका प्रिय नेता हुन, उन्ले ओखलढुंगा जिल्लाको समग्र बिकाशका लागि र जनताका लागि लाखौं पैसा खर्चिएका छन्, मैले चिनेका रामहरी खतिवडा दिन जान्दछन् लिन जान्दैनन्, आफ्नो हरेक महिनाको भत्ता सहित आफ्नो जील्लाका गाबिस हरुको बिकासका लागि खर्चिने ब्याक्ति कसरी लोभि हुन सक्छ ???

उनि चौध लाख त के चौध करोड पर्ने भएपनि तेसो गर्न सक्दैनन्, रामहरी खतिवडा महत्वकांक्षी होलान् तर कदापी चोर हुन सक्दैनन्, आफ्नो अभिस्ट पुरा गर्नका लागि यति तुच्छ हर्कत गरेर सांसद खतिवडाको चरित्र मात्र हत्या गरिएन समग्र ओखलढुंगा बासि कांग्रेसीकै अपमान गरिएको छ। अरुपार्टीका बाक्लै संख्यामा समानुपातिक संसद भएपनि कॉंग्रेसबाट रामहरी खतिवडाको पल्लाभारी छ, उनि जनताका माँझ सबैभन्दा लोकप्रिय छन।

रामहरी दाइ र मेरो बिचमा अबिछिन्न रुपमा पक्कै केही बैचारिक र आन्तरिक मतमतान्तर जरुर छ ति मत र मतान्तर आफ्नाठॉउमा राखेर आज म यसबिदेशि भुमिमा रहदै गर्दा सामाजिक संजालभरी उनिमाथिको नियोजित प्रहारले मनै छिया छिया भयो, म चुप रहन सकिन । उनि माथिको प्रहार समग्र ओखलढुंगाका कॉंग्रेस माथिको हो । म एउटा तेही जिल्लाको कांग्रेस को ज़िम्मेवार पद धारणगरेकी सच्चा सिपाही हु र त्यो प्रहार रामहरी खतिवडालाइ मात्र नभइ मलाइ पनि हो भन्ने मेरो ठम्याइ रहेको छ।
उनले आफ्नो फेसबुक वालमा लेहेकी छिन्, खतिवडा माथिको यो कपोकल्पित र भ्रमक प्रचारप्रसार र अराजक सामाजिक संजालमा देखिएका टिप्पणी हरुको घोर भर्त्सना गर्द्छु, जयनेपाल !!!