समाचार

संसद बैठक अचानक स्थगित, जम्मा ११६ जना मात्र उपस्थित

सुर्यखबर संबाददाता,
काठ्माण्डौ । मंगलबारको संसद बैठक कोरम नपुगेपछि स्थगीत भएको छ । ५ सय ९७ मध्ये जम्मा ११६ जना मात्र सांसदहरुको उपस्थित एपछि कोरम पुगेन र स्थगित हुन पुग्यो ।
एमालेको बिरोधका काररण लामोसमयदेखि छलफल हुन नसकेको संसद आईतबारबाट सुचारु भएको थियो । सांसदहरु बिभिन्न कार्यक्रमहरुमा मुलुकभित्र र बाहिर भएका कारण संसदमा उपस्थित नभएको हुन सक्ने नेपाली काँग्रेसका एक सांसदले बताए ।

उनका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले अबरोध गर्ने भन्ने आशंकाका कारण कतिपय सांसदहरु मुलुक बाहिर र आफ्नो चुनावी क्षेत्रमा भएका कारण उपस्थित हुन नसकेका हुन् । अब नियमित संसद बैठक बस्नेभएपछि निश्चय नै बैठकमा उपस्थित हुन्छन् ।