विशेष

रानी ऐश्वर्यको एउटा ‘कडा’ निर्देशनले सोनिया गान्धीलाई यसरी काठमाण्डौमा आपत परेको थियो !

काठमाण्डौ । नेपाल–भारत मामलामा भारत किन जहिल्यै निहु खोजिरहन्छ रु भारतले नेपाललाई वर्षौदेखि कुन दृष्टिकोणबाट हेर्दै आउने गरेको छ रु नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक एवम् रोटी र बेटीको सम्बन्ध रहँदै आएको भनिएतापनि किन यी दुई देशबीच बेला–बेलामा उत्तारचढाव आईरहन्छ रु यो बारेमा नेपाल–भारत सम्बन्धका विषयमा एउटा रोचक प्रसंग फेला परेको छ ।

नेपाल–भारत मामलामा विशेष दख्खल राख्ने वरिष्ठ कुटनीतिज्ञ तथा पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आफ्नो पुस्तकमा लेखेका छन्स् ‘तेश्रो सार्क सम्मेलनताका भारतीय कांग्रेस आइकी नेतृ सोनिया गान्धी काठमाण्डु आएकी थिइन् । त्यसबेला उनले विश्वकै धार्मिक धरोहरको रुपमा रहेको पशुपतिनाथको मन्दिरभित्र गएर दर्शन गर्ने इच्छा गरिन् तर नेपाल सरकारले त्यो अनुमति दिएन् । उनी आफैमा गैरहिन्दु भएकोले यो अनुमति नदिइएको हो ।’

पाण्डे लेख्छन्ः ‘त्यसबेला पशुपति क्षेत्र विकास कोषको नेतृत्व रानी ऐश्वर्यले गरेकी थिइन् । उनले गान्धीको प्रवेशलाई सिधै इन्कार गरेकी थिइन् । नेपालको दरबार र त्यसको प्रभावलाई आफ्नो नियन्त्रणमा राखिरहेकी रानी ऐश्वर्यले पनि त्यसबेला सोनियालाई रोकिदिएपछि भारत निकै चिढिन पुग्यो । रानी ऐश्वर्यमा त्यसबेला चरम घमण्ड थियो । त्यसयता नेपाल–भारतबीचको सम्बन्धमा कहिल्यै सुधार आएन । भारतका तत्कालीन प्रधानमन्त्री राजिव गान्धीले लगत्तै एक्सन लिएका थिए ।’

पाण्डे लेख्छन् स् ‘सोनियालाई काठमाण्डुस्थित हिन्दुहरुको धार्मिक आस्थाको केन्द्रमा प्रवेश गराउन भारतकै कुनै कर्मचारीले उकासेको हुनसक्ने सम्भावना रहेको छ ।’ त्यसको १६ महिनापछि अर्थात २०४५ सालमा भारतले नेपालविरुद्ध नाकाबन्दीनै लगाएको थियो । त्यो नाकाबन्दीमा पनि नेपालले ठूलो क्षति बेहोर्नुपरेको थियो ।
‘धर्म निरपेक्ष राष्ट्रको रुपमा रहेको भारतमा समेत हिन्दुहरुको मन्दिरमा गैरहिन्दुहरुलाई प्रवेश दिने चलन छैन ।

राजिव गान्धी प्रधानमन्त्री भएको बेला भारतकै जगन्नाथ मन्दिरमा विदेशी प्रवेश गरेको घटनाले ठूलो रुप लिएको थियो । त्यसपछि सोनियाले पशुपति दर्शनको दुस्साहस गरेकी थिइन् । यो घटनाले नेपाल–भारतबीचको सम्बन्ध इतिहासकै नराम्रो मोडमा पु¥याइदियो । त्यसपछि भारतमा राजिव गान्धीको हत्या भयो । नेपालमा दरबारको बंश विनास भयो ।

त्यसयता नेपाल–भारत सम्बन्धमा खासै सुधार भएको छैन,’ पाण्डे लेख्छन् । तर पछिल्लो वर्ष नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन र पशुपतिनाथमा उनको दर्शनले सम्बन्ध सुधारमा केही संकेत दिएपनि राजनीतिक रुपमा नेपाललाई आफ्नो बहसमा पार्ने भारतको चरम महत्वाकांक्षाले नेपाल भारतबीचमा ठूलो खाडल पैदा गरिदिएको छ ।

जबहारलाल नेहरु, इन्दिरा गान्धीदेखि नरेन्द्र मोदीसम्म आइपुग्दा समेत भारतले नेपाललाई हेर्ने दृष्टिकोण भने उस्तै देखिने गरेको राजनीतिक विश्लेषकहरु बताउछन् । सोनियाले पशुपतिभित्र दर्शन गर्न नपाएका विषयहरु प्राविधिक रुपमा सतहमा देखिएजस्तो भएपनि समग्रमा भारतले नेपाललाई राजनीतिक दृष्टिकोणबाट आफ्नो बहसमा पार्न खोजेको प्रस्टै बुझ्न सकिने पाण्डेले सो पुस्तकमा उल्लेख गरेका छन् ।