खेलकुद

मिडिया कप फुटबल प्रतियोगितामा इमेजको विजयी सुरुआत

काठमाण्डौ । इमेज च्यानल आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को लिग खेलमा इमेजले अन्नपूर्ण पोष्टलाई ३–० गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि सम्वद्र्धन प्रधानले २ तथा विजय कार्कीले १ गोल गरे ।
प्रतियोगिताको नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगितामा ७ टिम सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
समूह ‘ए’ मा नेपाल टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, एभिन्युज र एपी वान टेलिभिजन तथा समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट, इमेज च्यानल र रेडियो नेपाल छन् ।
विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र अनुशासित टिमलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक संग्राहलयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल नेपाल टेलिभिजन र डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुपबीच हुनेछ । दोश्रो खेलमा एभिन्युजले एपी वानको सामना गर्नेछ ।