विशेष

योग्यता नपुगेको भन्दै सर्बोच्च अदालतद्वारा अख्तियारका प्रमुख लोकमानसिंह कार्की बर्खास्त

सुर्यखबर सम्बाददाता, काठमाडौं । सर्बोच्च अदालतले अख्तियार दुरुपयोग अनुसंधान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदमुक्त गरेको छ । न्यायधीषहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त ईजलासले निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई निलम्बन गरेको हो ।

कार्कीको योग्यता नपुगेको भन्दै सबोच्च अदालतले आईनदादेखि अख्तियार प्रमुख नियुक्त गर्दा योग्यता पुगेको ब्यक्त नियुक्त गर्न सरकारलाई आदेश समेत दिएको छ ।

प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय (ग) र (ङ) बमोजिम योग्यता नभएको व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०र२२ निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ ।’ सबोच्च अदालतको आदेशमा भनिएको छ ।
संसदमा समेत माहाअभियोग प्रस्ताब दर्ताभएर छलफलका लागि आईतबार पेश भएपनि उक्त छलफल अब आवश्यक परेन । संसदमा बिगतमा नेकपा एमाले र माओबादी केन्द्रका १ सय ५७ सांसदहरुको हस्ताक्षरमा माहाअभियोग प्रश्ताब दर्ता गरिएको थिायो ।
म्याद तामेलीमा अबरोध पुर्याएको भन्ने मुद्धा भने खारेज गरेको छ, म्याद तामेलीका बिषयमा नै परेको अर्को पुर्ब कानुन सचिब प्रमोद कार्कीको मुद्धामा समेत सबोच्च अदालतले सफाई दिएको छ ।