विशेष

आईतबारको संसद बैठकमा यस्तो भयो एमालेलाई छक्याउने चलाखी

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । आईतबारको संसदको बैठकमा संबिधान संसोधन बिधेयक पेश भएको छ । सरकारका गृहमन्त्री बिमलेन्द्र निधिले दर्ता गराएको संसोधन बिधेयक आज छलफलका लागि सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संसोधन बिधेयक पेश गरेका थिए।

बिधेयक पेश गर्नुअघि बलियो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बिरोध जनाएर रोष्ट्रम अगाडि आएपनि सभामुखकोमा उक्त संबिधान संसोधन बिधेयक पेश भएको छ । सभामुखको आदेश बमोजिम कानुनमन्त्रीलाई बिधेयक टेबल गर्ने भनेपछि पेश भएको हो ।

पुर्बगृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष बामदेब गौतमले उक्त पेश भएको संबिधान संसोधन बिधेयकप्रति एमालेको असहमति रहेको बताएका छन् । आफूहरुलाई झुक्याएर अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर संसोधन प्रस्ताब दर्ता भएको आरोप गौतमको छ ।

संबिधान संसोधन बिधेयक दर्ता गर्नु अघि ठूलचा दलहरुका शीर्ष नेताहरुबीच उक्त बुंदामा छलफल भएपनि सहमति हुन सकेको थिएन । दिउसो १ बजेलाई डाकिएको बैठक छलफल गर्नकालागि भन्दै अपरान्ह ३ बजेलाई सारिएको थियो ।

बिपक्षी दलहरुले गृहमन्त्री बिमलेन्द्र निधिलाई दर्ता गर्न आउछन् भनेर हेर्दा हेर्दै कानुनमन्त्रीले प्रश्ताब दर्ता गरिहाले उक्त कुरा संसद अबरुद्ध गर्दैआएका एमालेसहितका दलहरुलाई पत्तै भएन ।

संसदमा दर्ताभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई माहाअभियोग लगाउने प्रश्ताबमा छलफल भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत समर्थन गरेको थियो । आईतबारको संसद बैठकबाट लोकमानसिंह कार्कीलाई कारबाही गर्न समितिलाई पठाउन सिफारिस भएको छ ।

यस घटनाबाट के प्रष्ट हुन्छ भने संसदको गरिरोध अन्त्य गर्न एमालेले समेत आफूलाई जानकारी नभएजस्तो गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूमिका खेलेको छ । एक राजनीतिक बिश्लेशकले सुर्यखबरलाई भने