राजनीति

अध्यक्ष राणा पक्राउको विरोधमा बाँके बन्द, तरुण दलका अध्यक्ष जितजंग बस्नेतले दिए कडा प्रतिक्रिया

काठमाण्डौ । शनिबार प्रहरीले बाँके तरुण दलका एक नेतालाई पक्राउ गरेको छ । एमाले निकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि आक्रमण गरेको आरोपमा तरुण दल बाँके क्षेत्र नं. १ का अध्यक्ष दिग्वीजयजंग राणाालाई प्रहरीले पक्राउ गरेको हो । सोही घटनामा संलग्न रहेको आरोपमा युवासंघकै लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरेको थियो । मल्लकै बयानका आधारमा तरुण दलका राणालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा आइतबार तरुण दलले बाँके बन्दको आयोजना समेत गरेको छ । गत पुष १४ गते कोहलपुरस्थित एक रेष्टुरेन्टमा मदिरा सेवन गरेर फर्किने क्रममा बुढाथोकीमाथि आक्रमण भएको थियो । आक्रमण लगत्तै युवा संघका कार्यकर्ता मल्ललाई मोटरसाइकलमा राखेर कोहलपुरबाट १० किलोमिटर पर पुर्याएका थिए । उनलाई भगाएर काठमाण्डौ पुर्याइएको थियो । काठमाण्डौमै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनकै बयानका आधारमा तरुण दलका कार्यकर्ता राणालाई पक्राउ गरिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आोप लगाए । राणालाई योजनाबद्ध रुपमा पक्राउ गरिएको समेत अध्यक्ष राणाले आरोप लगाए । ‘युवा संघ र तरुण दललाई जुधाएर फाइदा लिनेहरुले यो कदम चालेका हुन्,’ सुर्यखबरसँगको कुराकानीका क्रममा बस्नेतले भने । घटनाबारे गृहमन्त्री विमलेन्द्र निधिसँग समेत गम्भीर कुराकानी भैसकेको अध्यक्ष बस्नेतले बताए ।

घटनामा संलग्न अपराधीलाई पक्राउ गर्नु प्रहरीको कर्तव्य भएकोले यसको अनुसन्धानमा प्रहरी जुटिसकेको प्रहरीका केन्द्रीय सहप्रवक्ता ठाकुर प्रसाद ज्ञवालीले बताए ।