राजनीति

काँग्रेसले भारत र चीनसँग सीधै वार्ता गरेर ७० बर्ष पुरानो संक्रमणकाल अन्त्य गर्नुपर्छ

सुर्यखबर सम्बाददाता ।  अन्तिम समयमा राजनीतिक चर्चामा आईरहेको संबिधान संसोधनको मुख्य मुद्धा झनै जटिल मोडमा आएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा माओबादी केन्द्र जसरी पनि संबिधान संसोधन गर्ने पक्षमा देखिन्छन् भने प्रतिपक्षमा रहेको सबैभन्दा बलियो प्रतिपक्षी दल नेकपा एमाले कुनैपनि हालतमा संबिधान संसोधन गर्न नदिने शर्तमा उभिएको छ ।

संबिधान संसोधन गर्ने भनी संसदमा सरकारका तर्फबाट गृहमन्त्री बिमलेन्द्र निधिले संसोधन प्रस्ताब दर्ता गरेको महिना दिन भन्दा धेरै भएपनि उक्त संसोधनको बिषयमा संसदमा छलफल हुन सकेको छैन, संबिधान संसोधन गर्न नदिने भन्दै एमालेले संसद अबरुद्ध पार्दै आईरहेको छ । नेकपा एमालेको अबरोध हुने आशंकामा सभामुख ओनसरी घर्तीले केहिदिन अगाडि डाकिएको संसद बैठक २४ गते आईतबारसम्मका लागि स्थगीत गरेकी थिईन् । सभामुख ओनसरी घर्तीले मुख्य दलका शीर्ष नेताहरुसंग बेला बेलामा संसदको गतिरोध फुकाउने बिषयमा छलफल गरेपनि संबिधान संसोधनका बिषयमा निर्णय हुन नसकेपछि संसद बैठक बस्ने बिषय टुंगो लाग्न सकेको छैन ।

काँग्रेस र माओबादी उही पुरानै संबिधान संसोधन गर्ने अडानमा छन् भने उनीहरुको अडानलाई अन्तिम समयमा आएर मधेसी मोर्चाले साथ दिईरहेको छ । मोर्चाले पहिले प्रस्ताबित संबिधान संसोधन बिधेयक संसोधनसहित पास हुनुपर्ने अडान राखेको थियो भने पछिल्लो समयमा पुर्ब–निर्णयमा पुनबिचार गर्दै काँग्रेस र माओबादी केन्द्र लगायत सरकार घटक दलहरुले दर्ता गराएको प्रस्ताबमा समर्थन गरेको छ ।
एमालेले अन्तिम समयमा आएर प्रदेश नं २ लाई समेत छुट्टै प्रदेश बनाउन नहुने पुर्ब सहमती गल्ती भएको जनाईरहेको छ । ५ नंम्मर प्रदेश टुक्र्याउने कुरामा एमलेका नेताहरु अलिकती पनि सहमत छैनन् ।

नेपाली काँग्रेसमा भने उल्टो छ, कार्यकर्ताहरु प्रदेशको प्रदेश संख्या, नामांकन, सीमाङकन, हिन्दु धर्म हटाएको बिषयमा त्यती सन्तुष्ट छैनन्, कार्यकर्ताहरु रोष प्रकट गरिरहेका छन्, ५ नम्मर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका नेता तथा साँसदहरु नेतृत्वको संबिधान संसोधन प्रस्ताब मान्ने पक्षमा छैनन, जस्तै चन्द्र भण्डारी, पुष्पा भुषाल लगायतका नेताहरु आन्दोलनमा नै सहभागी भएका थिए ।
सभापति देउवा
नेपाली कााग्रेसका सभापति शेरबहादुर देउवा समेत भित्रि रुपमा हिन्दू धर्म संबिधानमा हटाएकोमा सन्तुष्ट नभएको देउवा निकट श्रोतको दाबी छ । देउवाले प्रदेश टुक्राउदा मुलुकमा शान्ति हुछ भने ठीकै छ भनेर उक्त कदम चालेको एकथरी काँग्रेसीको बिश्लेषण छ भने अर्काथरी बिमलेन्दै निधीको लहै लहैमा लागेर भारतको समर्थनमा माओबादी केन्द्रसंगको गठबन्धनमा प्रधानमन्त्री हुने तीब्र आकाँक्षमा देउवा लागेका कारण उक्त संबिधान संसोधनका पक्षमा सभापति देउवा लागि परेको बिश्लेषण छ ।

डा.शशाँक कोईराला
कार्यकर्ताहरुलाई मल्हम लगाउन काँग्रेसका काहामन्त्री डा.शसांक कोईरालाले पटक पटक हिन्दू धर्मको पक्षमा बोलिरहेका छन्, बोलीमात्र हो या उनले कार्यान्वयनका लागि पार्टीभित्र बलियो आवाज उठाउछन् त्यो भने हेर्न बाँकी नै छ, पछिल्लो समयमा त डाक्टर शशाँकले संबिधान संसोधनमा नै पुनःबिचार गर्ने धारण सार्बजनिक गरेका थिए ।
डा.शेखर कोईरला
अर्का काँग्रेसका शक्तीसाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले पनि क्रिस्चियनहरुले जबरजस्ती बाईबल बोकाएको भनेर धर्मका बिषयमा बोलिलरहेका छन्, डा.कोईरालाले केहिदिन अगाडिको एक कार्यक्रममा पैसा खाएर संबिधानबाट धर्म हटाएको आरोप लगाएका थिए ।
खुमबहादुर खड्का
पुर्बगृहमन्त्री समेत रहेका काँग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड्का हिन्दू धर्मका पक्षमा खुरा रुपमा अभियान नै चलाएर हिडिरहेका छन् । हिन्दु धर्म र राजा फर्काउने अभियानमा खुमबहादुर लागिरहेको उनका नजिकका कायर्उकर्ताहरु बताउछन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल सहित काँग्रेसका अधिकाँस नेता कार्यकर्ताहरु धर्मको बिषयमा डा.शशाँक र खुमबहादुरको समर्थनमा रहेका काठ्माण्डौका पुराना काँग्रेसी नेता चिरञ्जीवी तिवारी बताउछन् । तिवारीका अनुसार पार्टीभित्र गुट उपगुट जे जति भएपनि संबिधानमा हिन्दू धर्म राख्ने बिषयमा संसारभर रहेका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुमा असंतुष्टी रहेको तिवारीको बिश्लेषण छ ।

पत्रकारहरु, डाक्टरहरु, ईन्जीनियरहरु, सचेत नागरीकहरु, अधिकाँस युवाहरुको आवाज संबिधान संसोधनमा सहमति गर्दा मुलुक बिखण्डन हुन्छ, यो तराई र पाहाडलाई अलग गर्न हुन्न भन्ने बिचार अन्तिम समयमा शसक्त बनेको छ, केहिदिन अगाडि लोकतन्त्रमा बिश्वास गर्नुहुने पत्रकार प्रतीक प्रधानले कााग्रेस सभापति शेरबहादुर देउवाले संबिधान संसोधनमा सहमती गरेर भूल गरेको भाबको एउटा बिचार अनलाईन मिडियामा छाएको थियो, उक्त लेखमा मोर्चाको संबिधान संसोधनको माग अन्तिम नभएको र त्यसपछि त्यस्तैखाले बिभिन्न मागहरु आईरहने हुंदा त्यसमा पुनःबिचार गर्न काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाब समेत दिईएको थियो ।

त्यस्तै अर्थबीद एबम् बैंकर प्रा.डा. मदन कुमार दाहालले संबिधान संसोधन गरेर तराई र पाहाड टुक्राई प्रदेश निर्माण गर्नु दलहरुको जघन्य अपराध भनी फेसबुकमा लेखेका छन् । उनले दुईनम्मर प्रदेशलाई समेत जोडेर फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै “जघन्य अपराध १
नेपालको संविधान अन्तर्गत प्रस्तावित २ नं. प्रदेश प्राकृतिक श्रोत र साधनको दृष्टिकोणले अत्यन्त असंतुलित रहेको छ। यो प्रदेशमा पनि अरू प्रदेशमा जस्तै हिमाल, पहाड, तराई क्षेत्र समायोजन हुनु पर्दछ। नेपालमा हिमाल, पहाड, तराईको प्राकृतिक सम्बन्ध छ र यसको विपरित सीमांकन(रेखांकन भएमा विग्रह उत्पन्न हुन्छ। हिमालमा हिमपात हुंदा पहाडका खोलामा वाढी आउंछ र पहाडमा वाढी आउंदा तराईमा डुवान हुन्छ। हिमाल(पहाड(तराईको नंग र मासुको सम्वन्ध छ। औंलावाट एक्कासी सवै नंग फुत्त झिक्यो भने औंला मात्र रगताम्य हुदैन, सम्पूर्ण शरीरमा पीडा हुन्छ। यस्तै प्रकारले ५ नं। क्षेत्रवाट तराई छुट्ट्याउने षडयन्त्र क्षमा दिन नसकिने जघन्य अपराध हो। नेताहरूलाई चेतना भया !” यस्तो फेसबुक, ट्वीटर लगायतका समाजिक संजालहरुमा संबिधान संसोधनका बिरोधमा पलपल बिरोधहरु आईरहदापनि किन काँग्रेस र माओबादी केन्द्र कानमा तेल हालेर बसेका छन् त ?

जनताले भारत र मधेसी मोर्चाको इसारामा संबिधान संसोधन गर्न लागेको अरोप लागईसकेका छन्, एमालेले शुक्रबार संबिधान संसोधनका बिरुद्धमा काठ्माण्डौमा जनता उतारेपनि उसले काँग्रेस र माओबादी केन्द्रसंग बिगतमा संबिधान संसोधनको पक्षमा हस्ताक्षर गरिसकेको छ, त्यो बिगतको हेर्ने हो भने एमालेको नाटक नै हो । तैपनि उसले उठाएको पछिल्लो एजेण्डा मुलुक हितमा भएको जनताको टीप्पणी छ ।
काँग्रेस र माओबादी लगायत मुलुक हित चाहने राजनीतिक दल र नेता ज्यूहरुले अब स्थायी निकास खोज्न जरुरी छ । स्थायी निकास खोजेपछि मात्र मुलुक समृद्ध हुन्छ, भारतको गुरु योजना अनुसार नेपाललाई अशान्त र राजनीतिक खिचातानीमा सधैं लागिरहने हो भने १९०३ भन्दा पछि करिब ७० बर्षदेखि भएको नेपालको राजनीतिक संक्रमण कहिल्यै अन्त्य हुदैन बरु झन झन हाम्रो देश नेपाल आर्थिक रुपमा झनै पछाडि पर्छ । अहिले रिमिट्यान्सले चलेको नेपालको त्यसको बिकल्प के त ? कसैले सोचेको छ त ?

माओबादी केन्द्रले भूमिगत कालमा उठाएको जातीय मुद्धा जयूंका त्यूं छ भने भारतका बिरुद्ध सुरुङ खन्ने माओबादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल बर्तमान अवस्थामा भारतको पीछ्लग्गू भएर हिडिरहेका छन् । माओबादी कार्यकर्ताहरुका अनुसार प्रधानमन्त्री दाहाल पदका लागि जे पनि गर्न सक्ने नेता हुन्, यो उनको पुरानो बानी हो । एमाले भने पदमा नभएर संसोधनको बिरोध गरेको एकटना बाम टीप्पणीकारले बताए ।

यसरी आफू पदमा पुग्नलाई मात्र देश नै बेच्न तयार हुने बिगतको १७ हजार मानछे मार्ने माओबादी, बर्तमानमा प्रधानमन्त्री  बन्ने आशमा  राष्ट्रघाती सम्झौता संबिधान संसोधनमा तयार हुने शेरबहादुर दाई, सरकारमा हुदा  राष्ट्रघाती सम्झौता तराई र पाहाड अलग गर्ने संबिधान संसोधनमा  हस्ताक्षर गर्ने र बाहिरिएपछि सबैभन्दा ठूला कुरा गर्ने एमाले अध्यक्ष केपी ओली  जस्तै सधैं सबै आउने नेताहरुले गर्दै जाने हो भने  भोली नेपाली जनताले उनीहरुलाई नेता मान्ने अवस्था नरहला त्यो फरक कुरा हो तर यो देश रहला वा नरहला भन्ने चिन्ता र चासो नेपाली जनताको मानसपटलमा आउन थालेको चियागफ र सामाजिक संजालका कुराहरु पढे पुग्दछ ?

यस्तो प्रकारको ७० बर्ष पुरानो संक्रमणकाल हटाउन सीधै भारतसंग वार्ता गरेर मात्र संभब छ, त्यसका लागि कम्न्युष्टहरुले जस्तो भारतलाई चिढ्याएर सम्भब छ नत काँग्रेस माओबादी केन्द्र र मधेसबादी दल जस्तो भारतसंग लम्पसार गरेर सम्भब छ, काँग्रेसले आफ्नो अनुभब र क्षमता देखाउन भारत र चीनसंग बुँदागत रुपमा छलफल गरेर मुलुकको संक्रमणकाल हटाउन सक्छ, यसैगरी कहिले साना दलसंग त कहिले एमाले, कहिले माओबादीसंग र माओबादीसंग ताण्डब नृत्य देखाएर ९ महिने प्रधानमन्त्री बन्दै ठुलो लोकतान्त्रीक पार्टीको बिल्ला भिडाउने हो नेतृत्वलाई हेक्का होस ।