खेलकुद

शनिबार बैंकक जाँदै टेनिस टोली

काठमाण्डौ । आईटीएफ डिभिजन– २ च्याम्पियनसिप खेल्न नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ । प्रतियोगितामा समान ३–३ पुरुष/महिला गरी ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष खेलाडीहरुमा सम्यकभूषण वज्राचार्य, आर्यन गिरी र आदित सुवेदी रहेका छन् । महिलामा प्रेरणा कोइराला, अभिलाषा विष्ट र सलोनी तामाङ छन् । अभिलाषा भने हाल प्रशिक्षणका लागि मलेसियामा रहेकाले उनी त्यत्तैबाट बैंकक जाने कार्यक्रम छ । प्रशिक्षकमा रामकृष्ण जिसी छन् ।
टोलीलाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जनवरी ८ देखि सुरु भइ २१ तारिखसम्म चल्नेछ ।