अन्तर्राष्ट्रिय

यूरोपका लागि खुसीको खबर !

एजेन्सी । एकल मुद्राको प्रयोग गर्ने यूरोपका १९ सदस्य राष्ट्रमा सन् २०१६ ले आर्थिक सुधारका मजबुत सङ्केत देखाएको एक अध्ययनले बताइएको छ ।

एकल मुद्रा यूरोको कारोबार गर्ने यी राष्ट्रहरुमा यूरोपियन यूनियनद्वारा विविध आर्थिक गतिविधिबारे गरेको अध्ययनले यी मुलुक विगत छ वर्षकै उच्च आर्थिक मनोबलका साथ अघि बढेको देखाएको जनाएको छ ।

यी राष्ट्रको आर्थिक सूचकाङ्क बिन्दु मा सन् २०१६ मा अघिल्लो बर्षको तुलनामा १.२ नम्बरले वृद्धि भई १०७.८ नम्बर पुगेको छ । यो सन् २०११ पछिको सबैभन्दा उच्च बिन्दु हो ।

शुक्रबार सार्वजनिक भएको सर्वेक्षणले सम्पूर्ण फुटकर तथा औद्योगिक क्षेत्रको आर्थिक सूचकाङ्कमा धेरैजसो मुलुकमा वृद्धि देखिएको जनाएको छ । तर इटाली र स्पेनमा भने केही समस्या रहेको अध्ययनले देखाएको छ ।