मनोरञ्जन

रहेनन् भारतीय कलाकार ओम पुरी

एजेन्सी । भारतीय प्रख्यात कलाकार ओम पुरीको हृदयघातबाट ६६ वर्षको उमेरमा शुक्रबार आफ्नै निवासमा निधन भएको छ । पिटीआइका अनुसार पुरीको निधन ‘द होम अफ बलिउड’मा रहेको आफ्नै निवासमा भएको हो ।

पुरीको आफ्नो चलचित्र अभिनयमा जीवनको पहिलो सन् १९७० दशकको मध्यबाट मराथी भाषाको चलचित्रबाट सुरु गरेका थिए ।

त्यस पछाडि उनले हिन्दी चलचित्रको अभिनय गर्न सुरु गर्नुका साथ साथै उनले केही पाकिस्तानी चलचित्रमा समेत अभिनय गरेका थिए ।

ओमपुरीका प्रख्यात हिन्दी चलचित्रमा अर्ध सत्य, जाने भी दो यारो, मिर्च मसला, आक्रोश, आस्था, तमस, चाची ४२० र माचिस रहेका छन् ।

उनले बलिउडमा मात्र नभएका कैयौ हलिउडमा पनि आफ्नो अभिनय गरेका थिए । उनले अभिनय गरेको हलिउड चलचित्र ‘इस्ट इज इस्ट’ प्रख्यात रहेको छ ।

भारतको स्वतन्त्रता आन्दोलनका प्रमुख नेता माहात्मा गान्धीको जीवनमा आधारित कथामा बेलायतीद्वारा बनाइएको चलचित्रमा पनि ओम पुरीले गरेको छोटो तर सशक्त अभिनयबाट भारतमा मात्र नभइ विदेशमासमेत प्रख्यात भएका थिए ।

उनलाई भारतीय चलचित्र उद्योगमा गरेको सेवाको सम्मान गर्दै भारतीय पुरस्कार ‘पद्म श्री’ दिइएको थियो । भारतमा यो पुरस्कार उच्चस्तरीय मानिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुरीले भारतीय चलचित्र उद्योगमा पु¥याउनुभएको अविस्मरणीय योगदानको सम्झना गर्दै उनको निधनप्रति गहिरो सम्वेदना प्रकट गरेका छन् ।