अन्तर्राष्ट्रिय

अफगान राष्ट्रपतिले देशवासीका नाममा गरे आव्हान

एजेन्सी । अफगानिस्तानका राष्ट्रपतिले संविधानको कार्यान्वयनका लागि सहयोग गर्न सबै देशवासीहरुसँग आग्रह गरेका छन्  ।

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले सबै देशवासीलाई देशमा शान्तिको स्थापनाका साथै संविधान कार्यान्वयनका लागि सो आग्रह गरेका हुन् ।

उनले संविधानको कार्यान्वयनले देशमा कानुनी शासन र प्रजातन्त्रका लागि सहज वातावरण बन्ने हुँदा यसतर्फ सबैको ध्यान जानुपर्ने कुरामा जोड दिएका छन् ।

अफगानिस्तानमा बिहीबार परेको संविधान दिवसका अवसरमा उनले सबै देशवासीका नाममा जारी गर्नुभएको सन्देशमा सो कुरा बताइएको छ ।

साथै उनले वर्तमान संविधानको सही मात्रामा गरिने कार्यान्वयन नै देशमा राष्ट्रिय एकताका साथै राष्ट्रिय एकताको सरकार निर्माणका लागि पनि सहयोग पुग्ने धारणा राखेका छन् ।

सो सम्बोधनका क्रममा राष्ट्रपति घानीले अफगानिस्तानका सरकारी अधिकारीहरुलाई देशमा संविधानको प्रचारप्रसारका साथै कानुनी शासनका कुराहरुको प्रवद्र्धनका लागि जुट्न पनि आग्रह गरेका छन् ।

अफगानिस्तानको संविधानको १३ औँ दिवसका अवसरमा दिनुभएको सो सम्बोधनमा उनले संविधानप्रतिको सम्मानले पनि देशमा कानुनी शासनमा सहयोग पुग्ने हुँदा संविधानप्रति सम्मान उत्पन्न गर्नेतर्फ काम गर्न उले आग्रह गरे ।

उनले देशमा हत्या हिंसामा लागेका तालिवानी समूहलाई पनि शान्तिपूर्ण रुपमा आन्दोलनमा आउन पनि आग्रह गरे ।

उनले हत्या हिंसामा लागेर कसैले पनि आफ्नो उद्देश्य पूरा गर्न नसकेकाले अबका दिनमा यस्तो हिंसा छाडेर वार्तामा आउन उनले आग्रह गरे ।