समाचार

थोरै कमजोरी भएको भए विमानस्थलबाट बरामद भएको ३४ किलो सुन यसरी गायबै हुनसक्थ्यो !

काठमाण्डौ । बिहीबार काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३४ किलो सुन बरामद भएको छ । प्रहरीले सुरक्षा जाँचका क्रममा उक्त सुन बरामद भएको हो । तस्करहरुले गोप्य ढंगले सुन वारपार गर्न लागेको सुचनाका आधारमा प्रहरीले त्यति धेरै सुन बरामद गरेको जनाइएको छ ।

तस्करहरुले फलामको भाँडोभित्र सुन राखेर विमानस्थलबाट फुत्काउने कोसिस गर्दागदै प्रहरीले त्यो प्रयासलाई विफल बनाइदिएको हो । तस्करहरुले सुन वारपार गर्दा निकै ठूलो संयमता समेत अप्नाएको देखिएको छ । उनीहरुले कालो प्लाष्टिकको टेपमात्रै होइन, फलामको भाँडोभित्र राखिएको सुनसँगै तस्करहरुले कार्बन समेत राखेको प्रहरीको भनाई छ ।

विमानस्थलमा सुरक्षा जाँच गर्दा लगेजभित्रका सामानहरु एक्स रे मेसिनद्वारा जाँच गर्ने गरिन्छ । त्यसरी मेसिनले जाँच गर्दा सुन लगायतका धातुहरु रहे, नरहेको पत्ता लाग्छ ।

तर, कालो टेपले बेरेर राखिएका सामानहरु एक्स रे मेसिनले पत्तो लगाउन मुस्किल पर्ने भएकाले तस्करहरुले सुनको प्रत्येक पातोमा कालो टेप बेरेर लगेजमा हालेको प्रहरीको भनाइ छ । यसले विमानस्थलबाट हुने तस्करीमा नयाँ चूनौती थपिएको प्रहरीको भनाई छ । प्रहरीले थोरै कमजोरी गरेको भए ३४ किलो सुन तस्करहरुले आफ्नो नियन्त्रणमा समेत लिन सक्थे । प्रहरीले निकै चल्याँख्याई गरेर मात्रै सो काम फत्ते गरेको बताइन्छ ।