मनोरञ्जन

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम श्रद्धाञ्जलीमा को–को पुगे, किन गएनन् प्रचण्ड ?

काठमाण्डौ । मञ्चमा अभिनय गर्दागर्दै निधन भएका रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई विभिन्न राजनतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । वुधबार राजधानीस्थित प्रज्ञाप्रतिष्ठानमा दिवंगत फुयालको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै विभिन्न दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

दिवंगत फुयाँललाई श्रद्धाञ्जली दिनका लागि नेकपा एमालेका अध्यक्ष केपी ओली, एमालेकै नेताहरु झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली कांग्रेसका अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुग्नुभएको थियो ।

रंगकर्मी र कलाकारको बाक्लो उपस्थिति रहेको श्रद्धाञ्जली सभामा प्रधामन्त्री पुष्पकमल दाहाल आउने बताइए पनि उनी भने उपस्थित भएनन् । नाटकमा अभिनय गर्दागर्दै निधन बेहोस भएका फुयाँलको वीर अस्पतालमा निधन भएको थियो । उनको बुधबारनै अन्तिम संस्कार गरिएको छ ।