खेलकुद

कप्तान महेन्द्रसिंह धोनीले दिए राजीनामा

एजेन्सी– भारतीय क्रिकेट जगतका स्टार महेन्द्रसिंह धोनीले एकदिवसीय टिमको कप्तानीबाट राजीनामा दिएका छन् । यसअघि सन् २००७ मा कप्तान बनेका धोनीले इंग्ल्यान्ड विरुद्धको एकदिवसीय श्रृंखलाको पूर्वसन्ध्यामा कप्तानबाट राजीनामा दिएका हुन् ।

३५ वर्षीय धोनीले कप्तानीबाट राजीनामा दिएपछि उनको स्थान टेष्ट कप्तान विराट कोहलीले लिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । यद्यपि, विकेट किपर समेत रहेका धोनी टिममा भने रहन सक्ने सम्भावना रहेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सन् २००७ मा धोनीले कप्तानको जिम्मेवारी सम्हालेयता भारतले थुप्रै जित हासिल गरेको थियो । भारतले उनको नेतृत्वमा सन् २००७ मा टी ट्वन्टी विश्वकप, सन् २०११ म विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।