राजनीति

एमाले निर्बाचनबाट भाग्न खोजेको बरिष्ठ नेता पौडेलको आरोप

सुर्यखबर सम्बाददाता,
तनहुँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले मधेसका जनतालाई भारतीय चस्माबाट हेर्नु गलत भएको बताएका छन् । संसद अबरुद्ध गर्नु संबिधान संसोधनबाट भाग्ने काम एमालेले गरेको भन्दै यस्तो हर्कतबाट मधेषका जनताबाट एमाले मडारिने पौडेलको दाबी छ ।

आईतबार प्रशयूनियनले तनहुंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले काँग्रेस र माओबादीसंग सहकार्य गरेर बनाएको संबिधान कार्यान्वयन गर्न एमाले मिल्नुको बिकल्प नभएकोले सबै मूख्य दलहरुको सहमतीमा संबिधान संसोधन र त्यसपछि स्थानीय निकाय लगायत तिनै तहको निर्बाचन हुनुपर्ने बिचार ब्यक्त गरेका छन् । संबिधान संसोधन गर्न दिन्न भन्नु एमाले निर्बाचनसंग डराएको आरोप उनले लगाएका छन् ।

आफ्नो गृहजिल्ला आउदा आफूलाई उत्साही बनाउने बताउदै पौडेलले सरकारले जतिसक्दो चाँडो स्थानीय निकायको निर्बाचन घोषणा गरेर बर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नुपर्ने बिचार ब्या गरेका छन् ।