खेलकुद

एपिएफले जित्यो स्वर्ण पदक

धरान । सातौं राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबलमा एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । धरान १७ स्थित एन्फ टेक्निकल सेन्टरको मैदानमा शुक्रबार सम्पन्न फाइनलमा नेपाल आर्मीलाई २–० ले हराउदै एपिएफले स्वर्ण जितेको हो । एपिएफको लागि दुवै गोल अञ्जन विष्टले गरेका थिए । उनले पहिलो हाफको १३ औं मिनेटमा र ३० औं मिनेटमा गोल गर्दै एपिएफलाई जित दिलाए ।

दोस्रो हाफको २३ औं मिनेटमा आर्मीका विवेक बस्नेतको प्रहारलाई एपिएफका तोप विष्टले हेड गरेर बचाए भने ३५ औं मिनेटमा दिप लामाको प्रहार गोलपोष्ट नजिकबाट बाहिरियो । यस्तै, ४१ औं मिनेटमा नवयुगले गरेको हेड पोलमा ठोक्किएर फर्किएको थियो ।

फाइनलमा पराजित आर्मीले रजतमा चित्त बुझायो भने बिहिबार मध्यमाञ्चललाई हराउदै नेपाल पुलिस क्लबले कांस्य हात पा¥यो । समापन समारोहमा फुटबलको स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुन र खेलकुद मन्त्री दलजीत बिक श्रीपालीले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।