काठमाण्डौ । नेपाली सुगम संगीतमा एक दशकदेखी सकृय गायिका यसोधा खालिङ राईको मेरो मनु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन ।
दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बममा सङ्रहित हुने गीत ुमेरो मनुको भिडियो बाट धेरै आशाबादी छिन् । लामो समयदेखी अमेरिकामा बसोबार गर्दै आएका गायक, संगितकार, तथा गीतकारको पनि छबी बनाएका एन।बि। दाहालको संगीत र गीतकार गीता खत्रीको शब्द रचनामा तयार भएको गीतलाई फनिन्द्र राइले संगीत संयोजन गरेका छन ।
नेपाली कलाकारसँग सम्बन्धित संस्था आर्टिस्ट नेपाल नेटवर्कू अन्तर्गतको आर्टिस्ट नेपाल प्रोडक्सनुको ब्यानरमा निर्माण भएको भिडियोमा मोडेल सम्पदा बानिया र योगेन्द्र राइ प्रस्तुत भएका छन ।
अमृत सुनुवार तथा टिमको छायाँकन, नन्दा अधिकारीको मेकअप स्टाईल, भुवन लामाको कोरियोग्राफी रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन भने संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका छन ।