राजनीति

नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यासबारे बोल्यो चीन,भारतलाई झड्का !

काठमाण्डौ । चीनले नेपालसँग मिलेर संयुक्त रुपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । नेपालले चिनियाँ सेनासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्न लागेको आशंकामा भारतको पछिल्लो टिप्पणी आइरहेको बेलामा चीनले उक्त कुराको संकेत दिएको हो । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुन लागेको यो इतिहासकै पहिलो सैन्य अभ्यास भएको बताइएको छ ।

बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिएको चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका छन् । नेपाली सेनाले भने यसबारे खासै टिप्पणी गरेको छैन । उसले यो विषय छलफलकै चरणमा रहेको बताउँदै आएको छ ।
नेपालको अर्को छिमेकी मुलुक भारतले भने चीनसँग हुन लागेको यो सहकार्यबारे यसअघिनै टिप्पणी गरिसकेको छ । चीनको यो घोषणा पछि भारतको भने प्रतिक्रिया आइसकेको छैन ।