आर्थिक

प्रभु बैकको अध्यक्षमा पुनः भट्टचन निर्बाचित

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । प्रभु बैंकको १५औं वार्षिक साधारण सभासम्पन्न भएको छ । सञ्चालक समितीकाअध्यक्ष देवीप्रकाश भट्टचन ज्यूको अध्यक्षतामा बैंकको सम्पन्न उक्त वार्षिक साधारणसभाबाट सञ्चालक समितीको प्रतिवेदन सहितगतआ.व.०७२/०७३को वासलात, नाफानोक्सानहिसाब र नगदप्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको बैंकले जनाएकोछ ।

वार्षिक साधारण सभाले आवश्यक छलफल तथानिर्णयार्थ प्रस्तुतसम्पूर्ण प्रस्तावहरु पारित गर्दैविशेष प्रस्तावअन्तर्गत बैंकले जारी तथा चुक्तापुँजी रु.५,८८,१४,०२,००० बाट बृद्धि गरी रु.८,२३,३९,६२,८०० पु¥याउन १०ः४(दशशेयर बराबर चार शेयर) को अनुपातमाहकप्रद शेयर जारी गर्ने निर्णय पारित भएको छ ।बैंकले अन्य  बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने, एक्विजिसन तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

साधारण सभाले ६ जनासञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ जसमा संस्थापक शेयधनीहरुको तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिकाशर्मा लामिछानेर रमेश सिंह खड्का र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कुसुमलामारी दक्षपौडेल (सुभाष)निर्वाचित भएका छन् । साथै शुक्रबार बसेको नवनिर्वाचित संचालकसमितिको बैठकले श्री देवीप्रकाश भट्टचनलाई अध्यक्षमा सर्वसहमतिका साथ चयन गरेकोछ ।