खेलकुद

सातौ राष्ट्रिय खेलकुदमा बिहीबार पुरुष फुटबल हुँदै

काठमाण्डौ । सातौं राष्ट्रिय खेलकुल प्रतियोगिता अन्तर्गत पुरुष फुटबल बिहीबारदेखि सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन् ।

समूह ‘क’ मा प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल तथा समूह ‘ख’ मा एपीएफ, मध्यपश्चिमाञ्चल, साविक विजेता सुदूरपश्चिमाञ्चल र आर्मी छन् । समूह विजेता र उपविजेता सीधै सेमिफाइनलमा पुग्नेछन् ।

पहिलो दिन समूह ‘क’ को दुई लिग खेल हुनेछ । पहिलो खेल प्रहरी र पूर्वाञ्चल तथा दोश्रो पश्चिमाञ्चल र मध्यमाञ्चलबीच हुनेछ । सातौं राष्ट्रिय खेलकुदका फाइनल खेल अन्तिम दिन पुस १५ गते हुनेछन् ।