• Wednesday, December 21st, 2016
  • शनिबार, १४ फागुन २०७३

सातौ राष्ट्रिय खेलकुद : एपिएफ र मध्यमाञ्चल विजयी

प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

सुर्यखबर संवाददाता,
कठमाडौँ । सातौ राष्ट्रिय खेलकुद अन्र्तगत महिला फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा एपिएफ र मध्यमाञ्चल विजयी भएका छन् ।

एपिएफले सुदुरपश्चिमाञ्चललाई ४–१ को गोलअन्तरले हरायो । एपिएफका लागि खेलको ११ औं मिनेटमा रेखा पौडेल, २८ औं मिनेटमा तेजकुमारी गुरुङ, ३६ औं मिनेटमा अनिता केसी र ४७ औं मिनेटमा रञ्जना दर्जीले गोल गरेका थिए ।

त्यसैगरि सुदुरपश्चिाञ्चलका लागि हेमा चौधरीले खेलको १९ औं मिनेटमा गोल गरेकी थिइन् । प्रतियोगिताको म्यान अफ दि म्याच अनिता केसी भइन् । त्यसैगरि, मंगलबार नै भएको अर्काे खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चको महिला टिमलाई ३–० ले पराजीत ग¥यो ।

मध्यमाञ्चलका लागि रश्मी घिसिङले २४ और २६ औं मिनेटमा गरि दुई गोल गरिन् भने मनिता थापामगरले खेलको ५० औं मिनेटमा एक गोल गरिन् । रश्मी म्याच अफ म्याच घोषित भइन् ।

तपाईंको प्रतिकृयाहरू


Loading...