पु.समाचार

धुर्मुस-सुन्तलीको तेस्रो एकीकृत बस्ती निर्माण घोषणा ( भिडियो सहित )

सूर्यखबर संवाददाता,

काठमाडौँ । हास्य कलाकार जोडी धुमुर्स-सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)ले एक भिडियो सार्वजनिक गर्दै तेस्रो एकीकृत वस्ती निर्माण गर्ने घोषण गरेका छन् ।

भूकम्पपीडितको सहयोगार्थ काभ्रेका पहरी वस्ती र सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत निर्माण वस्ती सम्पन्न गरिसकेको ‘धुर्मुस सुन्तली फाउण्डेसन’ले अब भने मानवता र सद्भावका लागि सहकार्य स्वरुप तेस्रो एकीकृत वस्ती निर्माण गर्न लागेको घोषणा गरेका हुन् ।

महोत्तरीको बर्दिबास २ मा रहेको मुसहर बस्तीमा एकीकृत बस्ती निर्माण गर्न कम्मर लागेको भिडियोमा बताएका छन् । उनीहरुले बस्ती निर्माणका लागि सहयोगको अपिल पनि गरेको छन् ।

गत बर्ष पुसमा धुर्मुस र सुन्तली पूर्वपश्चिम सरसफाई अभियानका क्रममा बर्दिबासको यस मुसहर बस्तीमा पुगेका थिए । गरिबी, अशिक्षा तथा बालबिबाहजस्ता जटिल समस्याले गाँजिएका मुसहर बस्तीमा पुग्दा धुर्मुस सुन्तली निकै भावुक बनेका थिए । दाउरा बेचेर गुजारा चलाउँने गरेका मुसहरहरुलाई न्यायो कपडासमेत वितरण गरेका थिए ।

तेस्रो एकीकृत बस्ती अन्तर्गत बर्दिबासका ५० परिवार मुसहरका लागि घर निर्माण गरिने जानकारी गराएका छन् । ४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपौया मुसहर बस्ती निर्माणका लागि खर्च गरिने जनाएका छन् ।