समाचार

मोटरासाइकल दुर्घटनामा परि दुईको मृत्यु

गिता नेम्वाङ्ग
झापा । झापामा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परि मनोज मेचे र रुपेश मेचेको मोटरसाईकल चलाउदा अनियन्त्रीत भई दुर्घटना भएर मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक ढुण्डीराज गिरीले सुर्यखबरलाई जानकारी दिएका छन् ।
राजमार्गको पश्चिमतर्फबाट मे ५ च ३०९५ नंम्बरको मोटरसाईकलमा सवार दुवागढी– ५ का स्थानिय बासिन्दा मृतकलाई बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचार गर्न भर्ना गरेर घाईतेलाई बचाउने पनि डाक्टरहरुको प्रयास असफल भएको बताईएको छ ।