खेलकुद

प्रहरी र आर्मी क्लब विजयी

काठमाडौं । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लब विजयी भएका छन् ।
आइतबार सुनसरीको दुहबी रंगशालामा भएको पहिलो खेलमा प्रहरीले सुदूरपश्चिमाञ्चललाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘वुमन अफ द म्याच’ निरु थापाले ५ औं, यशुदा लामाले ३१ औं र रुपा मगरले ४९ औं मिनेटमा गोल गरेका थिए ।

अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई ३–० लेनै हरायो । आर्मीका लागि पूजा राना मगरले तेश्रो, भूजंगा राईले २४ औं तथा कान्ति आलेले ६८ औं मिनेटमा गोल गरे । आर्मीकी मनीषा राउत ‘वुमन अफ द म्याच’ चुनिइन् ।

पहिलो दिन शनिबार एपीएफ क्लबले मध्यपश्चिमाञ्चललाई ३–० ले पन्छाएको थियो भने पूर्वाञ्चल र मध्यमाञ्चलले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगिताअन्तर्गत सोमबार पश्चिमाञ्चल र प्रहरी तथा पूर्वाञ्चल र आर्मीबीच खेल हुनेछ ।