खेलकुद

एसिया कप क्रिकेटः मलेसियाबाट नेपाललाई १५४ रनको चुनौती

काठमाण्डौ । श्रीलंकामा जारी एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो खेलमा मलेसियाले नेपाललाई १५४ रनको विजय लक्ष्य दिएको छ ।

कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन जोड्यो । मलेसियाका लागि वीरनदीप सिंहले सर्वाधिक ७५ रनको योगदान दिए । एक सय बीस बल खेलेका सिंहले सात चौका प्रहार मद्धतमा ७५ रन जोडेका हुन् ।

त्यसैगरी मलेसियाका अर्का ब्याट्सम्यान मोहम्मद हसिफ २१ तथा सेफ उल्लाह मलिकले ११ रन जोडे । बलिङतर्फ नेपालका अदिल खान एक्लैले तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई दुई विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिरहेको छ । तेह्र ओभरको खेल समाप्तिसँगै नेपालले चार विकेटको क्षतिमा ६२ रन जोडेको छ ।