खेलकुद

फाइनलमा प्रवेश गरे नेरिक र ग्रीनल्यान्ड

काठमाडौं । नेरिक र ग्रीनल्यान्ड दोश्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा नेरिकले आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ लाई १८–१३ ले पराजित गर्यो । नेरिकको जितमा समित खत्रीले ७ अंक योगदान गरे ।

ग्रीनल्यान्डले पिपुल्स एकेडेमीलाई २७–२४ ले हरायो । ग्रीनल्यान्डका सौगात कुँवरले १२ अंक जोडे । फाइनल शुक्रबार हुनेछ ।

यसअघि बिहीबारै भएको क्वाटरफाइनलमा नेरिकले एन्जल्स हर्टलाई २२–१५, आयोजक लालीगुराँस ‘ए’ ले भ्याली पब्लिकलाई २०–१६, ग्रिनल्यान्डले पुष्पकुञ्जलाई ३१–१२ तथा पिपुल्सले सेबलाई २८–२६ ले पन्छाएका थिए ।