पु.समाचार

देउवाले किन विर्सिए यो महत्वपूर्ण काम ?

काठमाण्डौ । आन्तरिक विवादका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन र विभागहरू गठन गर्ने अझै सकेका छैनन्।

पार्टीको विधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ। यस्तै ९ जना केन्द्रीय सदस्य पनि मनोनित गर्न बाँकी छ ।

साथै, देउवाले ४२ वटा विभाग गठन गर्नल बाँकी छ। सभापति देउवाले यी काम दुई महिनाभित्रै गरिसक्नुपर्ने थियो। तर यतिन्जेलसम्म देउवाले आफ्नै पार्टीको विधान विर्सिएको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ।