समाचार

बालविवाहमुक्त क्षेत्र बन्ने तयारीमा डडेल्धुरा

डडेल्धुरा । केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका करण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले स्थानीय समैजी गाविसलाई वालविवाहमुक्त गाविस बनाउन लागिएको छ।

सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविस पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा हुने तयारीमा छ। समैजी गाविसका वडा नं ३, ५,९ बाहेक सबै वडा वालविवाह मुक्त वडा घोषणा भएको र ती वडामा पनि कार्यक्रम सम्पन्न भएपछि छिटै गाविसलाई वालविवाह मुक्त गाविस घोषणा गर्ने कार्यक्रम रहेको गाविस सचिव पुष्पराज जोशीले बताए।

अधिकांश वडास्तरमा सडक नाटक, विद्यालयका बालबालिकामा वालविबाह सम्बन्धी सचेतना कार्यक्रम, अभिभावकको हस्ताक्षर सकङ्लनजस्ता कार्यक्रम भइसकेको र बाँकी रहेका वडामा समेत सो कार्यक्रम गरी गाविसलाई नै वालविवाहमुक्त गाविसको रुपमा घोषणा गरिने गाविसका प्राविधिक रतन ऐरले जानकारी गराए।